Class 10 Nepali Guide Unit 1 : पाठ - १ उज्यालो यात्रा

Book Soluction Nepal
0

पाठ - १

उज्यालो यात्रा

कविता (रामप्रसाद ज्ञवाली)


शब्दभण्डार

 
१. दिइएका अर्थ आउने शब्द 'उज्यालो यात्रा' कविताबाट खोजेर लेख्नुहोस् :
 
(क) मनमा उत्पन्न हुने भाव वा विचार 
उत्तर 👉 भावना

(ख) श्रीखण्ड घोटेर बनाइएको लेप  
उत्तर 👉 चन्दन

(ग) गौरवले भरिएको  
उत्तर 👉 सगौरव

(घ) आफ्नो स्वामित्व वा अधिकार छोड्ने काम  
उत्तर 👉 त्याग

(ङ) सबैभन्दा उच्च वा अग्लो 
उत्तर 👉 सर्वोच्च




 
Download the Application and read all Unit Nepali Guide 





 
२. दिइएको अनुच्छेदबाट दुई जोडी पर्यायवाची शब्द पहिचान गर्नुहोस् : 
गाई मानिसले पाल्ने घरपालुवा जनावर हो । यो चौपाया वर्गभित्र पर्छ । मानवका लागि गाईको दुध निकै पोसिलो हुन्छ । शरीर स्वस्थ राख्न तागतिला कुरा खानुपर्छ । दुग्ध र दुग्धजन्य पदार्थ विक्री गरेर मान्छेले आर्थिक उपार्जन पनि गर्छन् । गाईपालनलाई व्यवसायका रूपमा प्रयोग गरेर धेरै आम्दानी गर्न सकिन्छ ।
 उत्तर 👉
  1. जनावर - चौपाया
  2. पोसिलो - तागतिला 
 

३. दिइएका शब्दको पर्यायवाची शब्द लेख्नुहोस्
 उत्तर 👉
प्रेम 👉 माया
शक्ति 👉 तागत
धर्ती 👉 धरणी
कर्म 👉 काम
महान् 👉 उच्च
हावा 👉 पवन
आकाश 👉 नभ
नयन 👉 आँखा
जिन्दगी 👉 जीवन
शिर 👉 टाउको
राम्रो 👉 सुन्दर
 
 
४. 'उज्यालो यात्रा' कविताबाट खोजेर तल दिइएका शब्दको विपरीतार्थी शब्द लेख्नुहोस् :
 उत्तर 👉
निम्न 👉 उच्च
दुःखी 👉 सुखी
अज्ञान 👉 ज्ञान
सम्भव 👉 असम्भव
आफ्नो 👉 अरु
अन्याय 👉 न्याय
 
 
५. उदाहरणमा दिए जस्तै कुनै पाँच जोडी विपरीतार्थी शब्द खोजी वाक्यमा प्रयोग गर्नुहोस् :
 
उदाहरण : धारिलो - भुत्ते, धेरै - थोरे 
माथि - तल 
उत्तर 👉 घरमाथि डाँडा छ । घरको तल खोल्सो छ ।

उज्यालो - अँध्यारो 
उत्तर 👉 स्कूलमा शिक्षकहरू माथि बस्छन्। बगैंचाको तलमा फूलहरू फुल्छन्।

शिर - पाउ 
उत्तर 👉 मेरो शिर तातो छ। मेरो पाउमा चोट लाग्यो।

जित - हार 
उत्तर 👉 मेरो जितमा सम्पूर्ण परिश्रम छ। मेरो हारमा सबै उम्मीद टूट्छ।

न्याय - अन्याय 
उत्तर 👉 न्यायमा सबैले विश्वास गर्छन्। अन्यायमा गरेको गलत निर्णयले निराशा ल्याउँछ।
 
 
बोध र अभिव्यक्ति 
 
 
४. दिइएको अनुच्छेद पढी अनुष्टुप छन्दबारे साथीबिच छलफल गर्नुहोस् :

उत्तर 👉 Read this in classroom - 
अनुष्टुप छन्दका चार पाउ हुन्छन् । यसका प्रत्येक पाउमा आठ अक्षर हुन्छन् । यस छन्दमा हरेक श्लोकको प्रत्येक पाउको पाँचौं अक्षर लघु (ह्रस्व) हुन्छ र छैटौं अक्षर गुरु (दीर्घ) हुन्छ । पहिलो र तेस्रो पाउको सातौं अक्षर गुरु अनि दोस्रो र चौथो पाउको सातौँ अक्षर लघु (स्व) हुन्छ यसरी प्रत्येक पाउमा सातौं अक्षर क्रमशः गुरु लघु बनिरहन्छ अर्थात् पहिलो पाउमा गुरु, दोस्रो पाउमा लघु, तेस्रो पाउमा गुरु र चौथो पाउमा लघु हुन्छ । प्रत्येक आठौँ वर्णपछि यति वा विश्राम हुन्छ ।
 
 
५. 'उज्यालो यात्रा' कविताबाट लेखन र उच्चारण फरक हुने कुनै पाँचओटा शब्द टिपी तिनको शुद्ध उच्चारण गर्नुहोस् ।
 
उत्तर 👉 जीवन, संसार, विश्व, कविता, जसका
Read this in the classroom - 
 
 
६. उदाहरणमा दिए जस्तै जोडी अनुप्रासयुक्त शब्द पाठबाट खोजेर लेख्नुहोस् ।
 
 उदाहरण : चन्दन - नन्दन 
 
उत्तर 👉 
शब्दअनुप्रासयुक्त शब्द
चन्दननन्दन
असम्भवसब
सुखीखुसी
मनोहरसुन्दर
खातिरशिर
सौरभगौरव
भरीछरी

 
७. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् :
 
जसका भावना हाँस्छन्, मनमा रागिनी भरी जसका जिन्दगी बाँच्छन् रातमा चाँदनी छरी ।
 
(अ) यस कवितांशका चार पाउ छुट्याएर लेख्नुहोस् ।
 
उत्तर 👉 
जसका भावना हाँस्छन्,
मनमा रागिनी भरी
जसका जिन्दगी बाँच्छन
रातमा चाँदनी छरी ।
 
(आ) कवितांशका चारै पाउको पाँचौं ह्रस्व वर्ण रेखाङ्कन गर्नुहोस् ।
उत्तर 👉 भावना, रागिनी, जिन्दगी, चाँदनी
 
(इ) कवितांशका चारै पाउको छैटौं दीर्घ वर्ण रेखाङ्कन गर्नुहोस् ।
उत्तर 👉 भावना, रागिनी, जिन्दगी, चाँदनी
 
(ई) कवितांशका चारै पाउका सातौं वर्ण क्रमशः लेख्नुहोस् ।
उत्तर 👉 हाँ, भ, बाँ, छ
 
 
८. दिइएको कवितांश पढी सोधिएका प्रश्नको उत्तर दिनुहोस् ।
 
जुटेका ज्ञानले जो छन् पार्दै धर्ती मनोहर
उठेका कर्मले जो छन् गर्दै निर्माण सुन्दर ।
समर्पित भएका छन् जो सदा न्यायखातिर
संसारमा उठेका छन् तिनैका विजयी शिर ।
 
(क) धर्तीलाई केले मनोहर बनाएको छ ?
 
उत्तर 👉 ज्ञान र कर्ममा जुटेका मानिसहरुको सङ्घर्षले धर्तीलाई मनोहर बनाएको छ ।
 
(ख) कर्म गर्नेको जिन्दगी कस्तो बन्छ ?
उत्तर 👉 कर्म गर्नेको जिन्दगी सुन्दर बन्छ ।
 
(ग) कवितांशमा कस्ता मानिसको शिर उचो हुन्छ भनिएको छ ?
उत्तर 👉 कवितांशमा जो मानिस सधैँ न्यायखातिर समर्पित भएका हुन्छन्, उनीहरुको शिर उचो हुन्छ भनिएको छ ।
 
(घ) कवितांशबाट के सन्देश पाइन्छ ?
उत्तर 👉 हामी ज्ञान र कर्मले हाम्रो धर्तीलाई सुन्दर बनाउनुपर्छ । सधैँ न्यायको खातिर आवाज उठाउनुपर्छ । यसरी आफ्नो खुशी मात्रै नदेखि समग्र देशको हितमा लाग्नुपर्ने सन्देश प्रस्तुत कवितांशबाट पाउन सकिन्छ ।
 
९. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् ।
 
(क) 'उज्यालो यात्रा' कविताको सुरुका दुईओटा श्लोकको आशय वर्णन गर्नुहोस् ।
 
उत्तर 👉 जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैंचा बनाउन सक्छौं। हामीले जहिले पनि उच्च संकल्प लिनुपर्छ। संसारमा असम्भव केही छैन। सबै महान् व्यक्तिहरू संकल्पकै कारण महान् बनेका हुन्छन्।

 
(ख) जीवन सार्थक पार्न के के गर्नुपर्छ ?
 
उत्तर 👉 जीवनको यात्रालाई उज्यालो बनाउन अर्थात् सार्थक पार्न उच्च संकल्प लिएर हामी कर्मशील बन्नुपर्छ। हामीले ईर्ष्या, द्वेष त्यागेर प्रेमको सौरभ छर्नुपर्छ र उपकारी बन्नुपर्छ। हामी उदाहरणीय व्यक्तित्व बन्न सक्नुपर्छ। हाम्रो ज्ञानले धर्तीलाई मनोहर बनाउनुपर्छ अनि हाम्रो कर्मले सुन्दर निर्माण गर्नुपर्छ। कर्म विध्वंशका लागि होइन, निर्माणका लागि हो। त्यस्तै हामीले लोभलालच मनमस्तकबाट फेंकेर न्यायका खातिर सदैव समर्पित हुनुपर्छ।
 
(ग) कवितामा कविले कस्तो आदर्श जीवन यात्राको कल्पना गरेका छन् ?
उत्तर 👉 कवितामा कविले लोभलालच र व्यक्तिगत स्वार्थ त्यागेर कर्मको यात्रामा तल्लीन हुन चाहेका छन् । चन्द्रसूर्य जस्तै बनेर अरुलाई उज्यालो किरण दिन चाहन्छन् । आफ्नै पौरखले जीवनको वाटो खन्न खोजेका छन् । यसरी कवि एउटा महान् मानिस बनेर अरुको सेवा गर्ने आदर्श जीवन यात्राको कल्पना गरेका छन् ।
 
(घ) 'उज्यालो यात्रा' कविताको मूल भाव के हो ?
उत्तर 👉 कविताले मूलतः जीवनरूपी यात्रालाई उज्यालो पारी कसरी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ। विश्वमा आदर्श र नमुना बन्नका लागि सधैं नै महान् कर्मको यात्रा गर्नुपर्छ भन्ने कविको धारणा कवितामा प्रस्तुत भएको छ। महान् कर्मको आदर्श यात्रामा कहिले चलूँला? चन्द्रसूर्य जस्तै आफैँ कहिले बसुँला? आफ्नो पौरखले आफ्नो बाटो कहिले खनुँला? अनि सर्वोच्च कविता आफैँ कहिले बनूँला? भन्दै हामी अघि बढ्यौं भने उज्यालो भविष्यका साथ उज्यालो यात्रा तय गर्न सकिन्छ भन्ने भाव कविले कवितामा अभिव्यक्त गरेका छन्। त्यस्तै सत्कर्म र सत्व्यवहारले जीवनको उज्यालो यात्रा तय भई महान् र आदर्श बन्न सकिने भाव वा सन्देशसमेत कवितामा प्रस्तुत भएको छ।
 

१०. कविताको दोस्रो श्लोकलाई व्याकरणिक पदक्रम मिलाई गद्यमा रूपान्तर गर्नुहोस् ।
उत्तर 👉 कवितको दोस्रो श्लोक :-
भएमा उच्च सङ्कल्प छैन केही असम्भव
सङ्कल्पैले बनेका हुन् महान् मान्छेहरू सब । २ ।
व्याकरणिक पदपदक्रम मिलाई गद्यमा रूपान्तरण गर्दा :-
उच्च सङ्कल्प भएमा केही असम्भव छैन । सब महान् मान्छेहरू सङ्कल्पैले बनेका हुन् ।

 
११. भाव विस्तार गर्नुहोस् :

(क)  ईर्ष्याद्वेष हटाएर जो प्रेम छर्छन् सौरभ
तिनै मान्छेहरू बन्छन् विश्वका निम्ति गौरव ।
 
उत्तर 👉
प्रस्तुत श्लोक 'उज्यालो यात्रा' शीर्षकको कविताबाट साभार गरिएको हो । यस कविताका रचनाकार कवि रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) हुन् । ज्ञवाली समसामयिक नेपाली साहित्यका चर्चित व्यक्तित्व हुन् । कविता, आख्यान, नाटक, समालोचना लगायतका विधामा कलम चलाउने साहित्यकार ज्ञवाली सरल भाषाशैलीमा प्रभावकारी ढङ्गबाट काव्य सिर्जना गर्न सक्ने क्षमता भएका कवि हुन् । घृणाले भन्दा पनि मायाप्रेमले संसार जित्न सकिने र गौरवशाली बन्न सकिने कुरा कविले माथिको श्लोकमा स्पष्ट पार्ने प्रयास गरेका छन् ।

हाम्रो अरूको उन्नतिमा डाह गर्ने प्रवृत्ति रहेको छ । सामान्य कुरामा पनि हामी इख लिने काम गछौँ । यस्तो बानीले एकआपसमा शत्रुता मात्र उत्पन्न गर्दछ । शत्रुता कसैका लागि पनि हितकर हुँदैन । तसर्थ हामीले ईर्ष्याद्विष त्याग्नुपर्छ ।

सबैतिर सबैका लागि हामीले प्रेमको सुवास छर्नुपर्छ । प्रेमका माध्यमले नै संसार जित्न सकिन्छ । सबैको प्रिय बन्न सकिन्छ । मनबाट ईष्यद्विष हटाएर जसले प्रेमको सुवास छर्छन् त्यस्तो व्यक्ति वा मान्छे नै विश्वका निम्ति गौरव बन्छन् भन्ने भाव माथिको श्लोकमा अभिव्यक्त भएको छ ।

यसप्रकार अनुष्टुप छन्दमा संरचित माथिको श्लोकले मनमा रहेको डाह र इख हटाएर प्रेमको सुवास छर्ने व्यक्ति नै विश्वका लागि गौरव र प्रेरणाको स्रोत बन्न सक्ने भएकाले हामीले आजैबाट ईष्यद्विष त्यागेर सबैमा प्रेमपूर्ण व्यवहार गर्नुपर्छ भन्ने भाव सरल, सरस र प्रभावकारी भाषाशैलीका माध्यमबाट स्पष्ट पारेको छ ।
 
यसरी अनुष्टुप छन्दमा लेखिएको यस कवितांशमा हामीलाई सत्मार्गमा लाग्न आग्रह गरिएको छ । प्रेमको सुवास बाँड्ने मान्छे नै विश्वका निम्ति गौरव हुने कुरा स्पष्ट पार्दै यही बाटोमा सबैलाई डोऱ्याउन खोजिएको छ ।
 
 
(ख) उदात्त कर्मको यात्रा गर्दछन् जो सधैं सधैं आदर्श नमुना मान्छे बन्दछन् विश्वमा तिनै ।
 
उत्तर 👉
प्रस्तुत कवितांश 'उज्यालो यात्रा' कविताबाट साभार गरिएको हो । यस कविताका लेखक वरिष्ठ साहित्यकार कवि रामप्रसाद ज्ञवाली हुन् । यस कवितामा हामीलाई असल काममा लाग्न प्रेरित गरिएको छ । राम्रो काम गर्ने मान्छे आदर्श मान्छे बन्ने सन्दर्भ बुझाउने क्रममा प्रस्तुत कवितांश आएको हो ।
 
मानिस कर्मले महान् बन्छन् । कुर्मले यो धर्ती सुन्दर बनाउन सकिन्छ । कर्मले जङ्गल नन्दन बनाउन सकिन्छ । सयौंपल्ट कुदेर ढुङ्गा मूर्ति बन्छ । मान्छेले कर्म नगरी अल्छी गरेर बसेको भए हामी ढुङ्गे युगमै हुन्थ्यौं । हाम्रा अग्रजहरुका महान् कर्मले नै हामीले यो सुन्दर संसार पाएका छौं । कर्मले पहाड फोडिएका छन्, कर्मले मूरुभूमिमा उब्जनी भएको छ । पृथ्वीनारायण शाह कर्मले महान् आदर्श राजा बने । डा. सन्दुक रुइत कर्मले आदर्श व्यक्ति बन्दै छन् । अझ निरन्तरको असल कर्मले मान्छेलाई भगवान् बनाउँछ । कर्मको यात्रामा लागेर समाज हितमा लागेका मान्छेहरू मरेर पनि अमर छन् । एउटा विद्यार्थीलाई पनि असल कर्मले सबैको प्रिय, असल र सफल बनाउँछ । कर्म नगरी ज्ञान पनि मिल्दैन । त्यसैले हामी सबै कर्मको कलमले नै हाम्रो भविष्य निर्माण गर्न सक्छौं ।
 
यसरी मिठासपूर्ण भाषाशैलीको प्रयोग गरी अनुष्टुप छन्दमा लेखिएको कवितांशमा हामी पनि असल कर्महरु गरेर समाजको आदर्श व्यक्ति बन्नुपर्छ भन्ने भाव स्पष्ट पार्न खोजिएको छ ।
 


 
१२. कर्मशील बन्न कसरी सकिन्छ, 'उज्यालो यात्रा' कविताका आधारमा लेख्नुहोस् ।
 
उत्तर 👉
रामप्रसाद ज्ञवाली (वि.सं. २०२४) द्वारा रचित 'उज्यालो यात्रा' शीर्षकको कविता नैतिक विषयवस्तुमा आधारित सन्देशमूलक कविता हो । अनुष्टुप छन्दमा संरचित प्रस्तुत कवितामा बाह्र रहेका छन् । सरल र सरस भाषाशैलीको प्रयोग गरिएको यस कवितामा विभिन्न बिम्ब र दृष्टान्तको यथोचित प्रयोग गरिएको छ । समग्रमा कविता सरल, बोधगम्य र प्रभावकारी बनेको छ । कविताले मूलतः कर्मशील बनेर जीवनरूपी यात्रालाई उज्यालो पारी आदर्श र महान् व्यक्ति बन्न सकिन्छ भन्ने भाव अभिव्यक्त गरेको छ ।

'उज्यालो यात्रा' कवितामा कर्मशील बन्न सबैलाई प्रेरित गरिएको छ । कर्मशील व्यक्ति नै महान् र अनुकरणीय बन्ने भावसमेत कवितामा अभिव्यक्त गरिएको छ । जसरी एक प्रकारको सुगन्धित काठ श्रीखण्डलाई सयौंपटक घोट्दा पवित्र चन्दनमा परिणत हुन्छ, त्यसरी नै हामीमा कर्मशक्ति छ भने जङ्गललाई पनि स्वर्गको बगैँचा बनाउन सक्छौँ भन्दै कवितामा निरन्तरको मिहिनेत र परिश्रमले नै महान् उपलब्धि हासिल गर्न सकिने कुरा बताइएको छ । त्यस्तै हामीले जहिले पनि उच्च सङ्कल्प लिनुपर्छ । संसारमा असम्भव केही छैन । सबै महान् व्यक्तिहरू सङ्कल्पकै कारण महान् बनेका हुन् भन्दै हामीलाई कर्मशील बन्न सकिने तरिका बताइएको छ । कर्मले जिन्दगी हँसिलो र सुखी बनाउन सकिन्छ । अरूसँग लिनेभन्दा पनि अरूलाई दिने अर्थात् उपकारीहरू खुसी रहन सक्छन् । मनबाट ईर्ष्या र द्वेष हटाएर प्रेमको मिठो बास्ना छर्ने मानिसहरू नै विश्वका निम्ति गौरव बन्छन् । प्रेमको सुवास छर्नेहरू नै कर्मशील पनि बन्न सक्छन् । हाम्रो कर्मले उच्च जीवनका पथ लिन सक्यो भने त्यसै पथमा अरू मानिसहरू पनि गौरवसाथ हिँड्दछन् । हामीले प्राप्त गरेको ज्ञानले धर्ती मनोहर पार्न सक्नुपर्छ । हाम्रो कर्मले सुन्दर निर्माण गर्न सक्नुपर्दछ । अन्यायका विरुद्ध खडा भई न्यायका खातिर सधैँ लड्नेहरू नै संसारमा विजयी बनेका छन् । मन र मस्तकमा लोभलालच नहुने व्यक्तिले नै सधैँ त्यागका निम्ति अग्रसर हुनसक्छ भन्दै कर्मशील बन्न अवलम्बन गर्नुपर्ने तरिका स्पष्ट पारिएको छ ।

यसप्रकार सरल, सरल र प्रभावकारी भाषाशैलीका माध्यमबाट कवि ज्ञवालीले प्रस्तुत कवितमा विश्वमा आदर्श र नमुना बन्नका लागि सधैँ नै महान् कर्म गर्नुपर्छ भन्ने स्पष्ट पारेका छन् । यसका साथै कविले चन्द्रसूर्य जस्तै उज्यालो छरेर आदर्श यात्रामा अघि बढी आफ्नो पौरखले आफू हिँड्ने बाटो आफ्नैले खनेर हामी कर्मशील बन्न सक्ने कुरासमेत स्पष्ट पारेका छन् ।
 
 

१३. कविले कविताको अन्तिम श्लोकमा आफू कस्तो बन्ने अनुमान गरेका छन्, लेख्नुहोस् ।
उत्तर 👉 
'उज्यालो यात्रा' कविता कवि रामप्रसाद ज्ञवालीले लेखेका हुन् । यस कवितामा सबैलाई सत्मार्गमा लाग्न प्रेरित गरिएको छ । कविले अन्तिम श्लोकमा आफू आत्मनिर्भर बन्ने अनुमान गरेका छन् । उनी आफ्नो जिन्दगीको बाटो आफ्नै पौरखले खन्न चाहन्छन् । उनी अरुको अधीन र आड भरोसामा निर्भर परजीवी जस्तो बन्न चाहँदैनन् । उनी सर्वोच्च व्यक्ति बन्न चाहन्छन् । सर्वोच्च कविता लेख्न चाहन्छन् । यसरी कविले आफू कर्मशील, असल र सफल बन्ने अनुमान गरेका छन् ।
 

 १४. दिइएको विषयमा साथीबिच छलफल गरी निष्कर्ष प्रस्तुत गर्नुहोस् :
(क) परिश्रमको फल मिठो हुन्छ ।
(ख) मानवीय सेवाको भावना राख्नु पवित्र कर्म हो ।



 
१५. दिइएका अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :
 
(क) प्रश्नहरु :
 
(अ) गुरुकुल भनेको के हो ?
उत्तर 👉गुरुकुल भनेको गुरुको सान्निध्यमा विद्यार्थीले आवासीय रूपमा शिक्षा ग्रहण गर्ने स्थान हो ।
 
(आ) गुरुकुलमा कस्तो शिक्षालाई प्राथमिकता दिइन्थ्यो ?
उत्तर 👉गुरुकुलमा व्यावहारिक शिक्षालाई प्राथमिकता दिइन्थ्यो । 
 
(इ) गुरुकुलमा किन जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ?
उत्तर 👉 गुरुकुलमा निश्चित समय तालिका नहुने तथा गुरु र शिष्य प्रायः सँगसँगै हुने हुनाले जुनसुकै समयमा पनि औपचारिक कक्षा सुरु हुन्थ्यो ।
 
(ई) गुरुकुलमा शिष्य कसरी दीक्षित हुन्थे ?
उत्तर 👉 गुरुकुलमा नीति, व्यवहार र उसको व्यावसायिक कौशलको केही कठिन परीक्षा लिइन्थ्यो । त्यो परीक्षा पूरा गर्न सकेमा गुरुकुलमा शिष्य दीक्षित हुन्थे ।
 
 


(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् ।
 
(अ) पहिलो अनुच्छेदको पहिलो वाक्यबाट एक एकओटा नाम, विशेषण र क्रियापद लेख्नुहोस् ।
उत्तर 👉
गुरुकुल - नाम
आवासीय - विशेषण
हो - क्रियापद
 
(आ) 'पढ्' धातुबाट एक एक ओटा नाम र क्रियायोगी शब्द निर्माण गर्नुहोस् ।
उत्तर 👉
पढ्नु (नाम) पढेर (क्रियायोगी)
 
(इ) अनुच्छेदबाट सुरु बिच र अन्तिममा हस्व इकार प्रयोग भएका दुई दुईओटा शब्द टिपोट गर्नुहोस् ।
उत्तर 👉
सुरुमा ह्रस्व इकार प्रयोग भएका शब्द :- विद्यालय, शिष्य
बिचमा स्व इकार प्रयोग भएका शब्द :- सान्निध्य तालिका 
अन्तिममा ह्रस्व इकार प्रयोग भएका शब्द :- गुरु, उच्चकोटि

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)