Class 10 Nepali Guide Unit 5 : पाठ - ५ लक्ष्मीप्रसाद देवकोटा SEE Nepali

Book Soluction Nepal
0

पाठ - ५

 लक्ष्मीप्रसाद देवकोटा 

(जीवनी)

शब्दभण्डार

१. दिइएका शब्द र तिनका अर्थबिच जोडा मिलाउनुहोस् :

युगपुरुष - कुनै निश्चित समयसीमाभित्र महान् व्यक्तित्व स्थापित गर्न सफल व्यक्ति

नक्षत्र - ज्योतिष शास्त्रअनुसार मानिसका असल खराब अवस्थाका स्थापक

जीवन - शरीरमा प्राण रहेसम्मको अवस्था

धडाधड - चाँडो चाँडो काम सिध्याउने गरी सरासर, धमाधम

म्याट्रिकुलेसन - हालको एसइई सरहको परीक्षा

प्रज्वलित - एकदम बलेको, दन्केको

परिवेष्टित - चारैतिरबाट घेरिएको



Download the Application and read all Unit Nepali Guide



 

२. अनुच्छेदमा रेखाड्कन गरिएका सङ्क्षिप्त शब्दका पूरा रूप लेखी पुनर्लेखन गर्नुहोस् :

उत्तर 👉 

राष्ट्रिय समाचार समितिका पत्रकार मोहन प्रधानमन्त्रीको अन्तर्वार्ता लिएर घर गए । उनकी श्रीमती रमा जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिइन् । विद्यालय व्यवस्थापन समितिको बैठक सकेर निस्कँदा उनलाई ढिलो भएछ । बाटामा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक दावासँग र प्रमुख जिल्ला अधिकारी रमेशसँग रमाको भेट भएछ । उनीहरू एकछिन कुराकानी गरेर आआफ्ना घरतिर लागेछन् । रमा घर पुग्दा पत्रकार मोहन गोरखापत्रमा प्रकाशित समाचार पढेर बसेका रहेछन् ।

 

३. दिइएको अनुच्छेदबाट कुनै तीनओटा सिङ्गो शब्द पहिचान गरी तिनलाई वाक्यमा प्रयोग गर्नुहोस्ः

उत्तर 👉 

नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान : नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको हलमा मैले गाइजात्रा हेरेको छु।

त्रिभुवन विश्वविद्यालय : मैले स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट पूरा गरेँ ।

प्राध्यापक : मेरो काका विश्वविद्यालयको प्राध्यापक हुनुहुन्छ ।


 

४. दिइएका पद पदावलीलाई आशय खुल्ने गरी वाक्यमा प्रयोग गर्नुहोस् :

 उत्तर 👉 

पठनपाठन : हिजोआज पठनपाठनमा विद्यार्थीहरूको ध्यान नगएको देखिन्छ ।

देहावसान हुनु : वि.सं. २०५८ सालमा राजा विरेन्द्रको परिवारको देहावसान भयो ।

भुलभुलैया : सानै उमेरमा माया प्रेमको भुलभुलैयामा लागेर नारायण बिग्रियो ।

नवजात शिशु : नवजात शिशुको राम्रो हेर विचार पुर्‍याउनु पर्छ ।

मन्त्रमुग्ध पार्नु : ओमकार टेलिभिजनको 'पञ्चामृत' कार्यक्रमले मन्त्रमुग्ध पार्छ ।

स्वर्णकाल : विद्यार्थी जीवनको समय नै मेरो लागि स्वर्णकाल हो ।

 

बोध र अभिव्यक्ति

3. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन कुन अनुच्छेदमा गरिएको छ ?

उत्तर 👉 'लक्ष्मीप्रसाद देवकोटा' जीवनीमा देवकोटाको बाल्यकालको वर्णन दोस्रो अनुच्छेदमा गरिएको छ ।

 

(ख) जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य कुन हो ?

उत्तरः जीवनीको अन्तिम अनुच्छेदको सार वाक्य 'उनको पार्थिव शरीर यस धर्तीमा नरहे पनि उनी आफ्ना अमूल्य कृतिमा अनवरत बाँचेका छन् र अमर बनेका छन्' हो

 

(ग) जीवनीमा देवकोटाको जीवनका कठिन क्षणको वर्णन कुन सन्दर्भपछि आएको छ ?

उत्तर 👉 देवकोटाको जीवनका कठिन क्षणको वर्णन उनको संलग्नता र योगदानको सन्दर्भपछि आएको छ ।

 

(घ) देवकोटाका कृतिसम्बन्धी वर्णन जीवनीको कतिऔं अनुच्छेदमा छ ?

उत्तर 👉 देवकोटाका कृत्तिसम्बन्धी वर्णन जीवनीको छैटी अनुच्छेदमा छ ।

 


४. दिइएको अनुच्छेद मौन पठन गर्नुहोस् र सोधिएका प्रश्नको उत्तर दिनुहोस् :

(क) देवकोटाको निबन्ध सङ्ग्रहको नाम के हो ?

उत्तर 👉 देवकोटाको निबन्ध सङ्ग्रहको नाम 'लक्ष्मी निबन्ध सङ्ग्रह' र 'दाडिमको रुखनेर हो ।

 

(ख) देवकोटा प्रसिद्ध महाकाव्य कुन कुन हुन् ?

उत्तर 👉 देवकोटा प्रसिद्ध महाकाव्य 'शाकुन्तल', 'सुलोचना', 'महाराणा प्रताप प्रमिथस' आदि हुन्।

 

(ग) देवकोटाले कुन कृतिमार्फत् लोकभाकालाई शिखरमा पुन्याए ?

उत्तर 👉 देवकोटाले 'मुनामदन' मार्फत लोकभाकालाई शिखरमा पुयाए ।

 

(घ) देवकोटा किन सर्वोत्कृष्ट नेपाली साहित्यकारका रूपमा परिचित छन् ?

उत्तर 👉 देवकोटाले आफ्नो जीवन अवधिमा प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य, निबन्ध आदि रचना गरेकाले नेपाली साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् ।

 


५. दिइएका घटना सन्दर्भ कुन कुन सालमा भएका हुन्, जीवनीका आधारमा लेख्नुहोस् :

 उत्तर 👉 

(क) लक्ष्मीप्रसाद देवकोटाको जन्म - वि.सं. १९६६

(ख) मनदेवी चालिसेसँग विवाह - वि.सं. १९८९

(ग) म्याट्रिकुलेसन परीक्षा उत्तीर्ण - वि.सं. १९८२

(घ) आइएस्सी परीक्षा उतीर्ण - वि.सं. १९८५

(ङ) अङग्रेजी पढ्न दरबार हाइस्कुलमा भर्ना - वि.सं. १९७७

(च) अफ्रो एसियाली लेखक सम्मेलनमा सहभागी - वि.सं. २०१५

(छ) डा. के. आई. सिंहको मन्त्रिमण्डलमा शिक्षामन्त्रीमा नियुक्त - वि.सं. २०१३

 



६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) लक्ष्मीप्रसाद देवकोटाको व्यक्तिगत जीवनमा कस्ता कस्ता उतारचढाव आए, उनको जीवनीका आधारमा लेख्नुहोस् ।

उत्तरः लक्ष्मीप्रसाद देवकोटाले जीवनमा पारिवारिक, स्वास्थ्य र आर्थिक क्षेत्रमा समस्या भोग्नुपयो देवकोटाले २५ २६ वर्षको उमेरमा बुबा, आमा र छोरी गुमाउनु पयो। उनले जीवनमा 'पागल' को संज्ञा पनि खेप्नुपयो । देवकोटालाई क्यान्सर रोगले सतायो। एकातिर क्यान्सरको सहनै नसकिने पीडा र अर्कातिर उपचारको आर्थिक सङ्कटले देवकोटालाई प्रताडित गयो लक्ष्मीपूजाका दिन जन्मे पनि जीवनभर उनलाई लक्ष्मीले उपेक्षा गरिन् । यसरी उनको जीवनमा अनेक उतारचढाव आएको बुझ्न सकिन्छ ।

 

(ख) देवकोटामा रहेको देशप्रेम र क्रान्ति चेतनाको वर्णन गर्नुहोस् ।

उत्तर 👉 नेपालको प्रकृति, नेपाली धर्ती, नेपाली संस्कृति र नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने देवकोटा नेपाली साहित्यका युगपुरुष हुन् । उनी बिरामी भएर भारतमा उपचार गराउँदा विदेशमा बसेर मर्नुभन्दा आफ्नै देशमा बसेर सक्दो सेवा गर्ने विचार लिएर काठमाडौँ आए । देवकोटाले जे लेखे र जुन जुन जिम्मेवारी पाए, प्रायः ती सबैमा उनले राष्ट्रको हितमा काम गरे। नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढइगले चिनाए । त्यसैगरी उनको प्रतिभा राणाहरूको निरङ्कुशतामा पनि मुर्झाएन, जहिलेसुकै फक्रिरह्यो, फुलिरह्यो । मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते। उनी प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए। उनी बनारसबाट निस्किने 'युगवाणी' पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध विद्रोहको वाणी फुके ।

 

(ग) देवकोटालाई आशुकविका रूपमा चिनाउनुहोस् ।

उत्तर 👉 आशुकवि भनेर छिटो कविता रच्न सक्ने कविलाई बुझिन्छ। उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे र कवितै कवितामा कुराकानी गर्न सक्थे । उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य लेखेका थिए। उनी हिँड्दा हिंड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे। उनले कुनै दृश्य वा घटनालाई तत्काल कवितामय भाषामा उत्कृष्ट वर्णन गर्न सक्थे । त्यसैले उनलाई आशुकवि मान्न सकिन्छ ।

 

(घ) 'लक्ष्मीप्रसाद देवकोटा' को जीवनीबाट कस्तो सन्देश पाइन्छ, लेख्नुहोस् ।

उत्तर 👉 देवकोटा एक यस्ता मोती थिए जसले, जुन क्षेत्रलाई स्पर्श गरे त्यस क्षेत्रलाई चम्काइदिए। पारिवारिक वियोग, चरम आर्थिक अभाव र प्रतिकूल राजनैतिक अवस्थामा पनि उच्च स्तरका साहित्य रचना गरेका थिए । हामी पनि प्रतिकूल अवस्था भए पनि लक्ष्यमा अग्रसर हुनुपर्छ । आफ्नो देशलाई माया गर्नुपर्छ अनि समाज र राष्ट्रको सेवामा तल्लीन रहनुपर्छ। आफ्नो भाषा र साहित्यलाई विश्वमा चिनाउनुपर्छ । आफ्नो क्षमतालाई चिनेर अगाडि बढ्ने मानिस सफल मान्छे बन्न सक्छ । यसरी मानवताको भाव बोकेर समाजका कुनै न कुनै क्षेत्रमा विशेष योगदान पुयाउन सक्नुपर्छ भन्ने सन्देश उनको जीवनीबाट पाउन सकिन्छ ।

 



७. व्याख्या गर्नुहोस् :

 

(क) देवकोटाको महासागर जस्तो प्रतिभा राणाहरूको निरङ्कुशताको साँघुरो सुरुङभित्र कसरी बग्न सक्थ्यो र ? 

उत्तर 👉 माथिको वाक्यांश 'लक्ष्मीप्रसाद देवकोटा' जीवनी पाठबाट उद्धृत गरिएको हो । जतिबेला देवकोटाको कलमको जादु सुरु भयो, त्यतिबेला नेपालमा राणाहरूको निरङ्कुश शासन चलिरहेको थियो । खुलेर साहित्य सिर्जना गर्न नपाइएको त्यो प्रतिकूल समयमा उनको साहित्यकार व्यक्तित्व कहिल्यै मुर्झाएन, जहिलेसुकै फक्रिरहयो, फुलिरह्यो। उनको कलम साँघुरो सुरुङभित्र सीमित रहेन । मुलुकमा जति वेला प्रजातन्त्र प्राप्तिका लागि क्रान्तिको आगो सल्कँदै थियो, त्यति बेला उनले पनि विद्रोहको बाटो समाते । उनी वि.सं. २००४ मा प्रजातान्त्रिक आन्दोलनमा संलग्न भए । उनले बनारसबाट प्रकाशित हुने 'युगवाणी पत्रिकामार्फत् निरङ्कुशता विरुद्ध युगले चाहेको विद्रोहको वाणी फुके । उनकै पालामा र उनको पनि संलग्नतामा काठमाडौँमा पुस्तकालय खोली जनतामा राणाविरोधी चेतना फैलाउन खोज्दा राणाहरुद्वारा लाईब्रेरी पर्व पनि घटाइएको थियो। यस्तो अवस्थामा पनि बिजुली वेगमा अनवरत साहित्य रचना गर्ने देवकोटाले सङ्ख्यात्मक र गुणात्मक रूपले सर्वाधिक कृति रचना गरेर नेपाली साहित्यलाई समृद्ध तुल्याएका छन् । स्वच्छन्दतावादी कविको विशेषता बोकेका कवि देवकोटाले निरङ्कुश शासन व्यवस्था हुँदा पनि स्वच्छन्द बनेर सिर्जनामा लागिरहे । राणाहरुको धरपकड़, डर धम्की र त्रासका बाबजुद पनि यो तह र सङ्ख्यामा साहित्य सिर्जना गर्नुले देवकोटाको प्रतिभा नरोकिएको स्पष्ट हुन्छ । जसरी महासागरको पानी साँघुरो सुरुङभित्र बग्न सक्दैन, त्यसरी नै राणाहरूको निरङकुशताभित्र देवकोटाको प्रतिभा सीमित हुन सकेन । उनको प्रतिभा विश्वभर फैलियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुग्यो।

 


(ख) हिउँको माझमा जन्मेको हाम्रो साहित्य कहिल्यै पनि एउटै पर्वत शृङ्खलाको भुलभुलैयामा बिलाउने छैन ।

उत्तर 👉 माथिको वाक्यांश 'लक्ष्मीप्रसाद देवकोटा' जीवनी पाठबाट उद्धृत गरिएको हो। वि.सं. २०१५ मा तत्कालीन सोभियत संघमा भएको 'अफ्रो एसियाली लेखक सम्मेलन' मा भाग लिंदा उनले यो महत्त्वाकाङ्क्षी विचार प्रस्तुत गरेका थिए। महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रतिभा विश्वभर फैलिएको थियो र नेपाली साहित्यले विश्व साहित्यकै हाराहारीको प्रौढताको शिखर छुन पुगेको थियो । देवकोटाले नेपाली भाषा साहित्यलाई विश्वसामु प्रभावकारी ढङ्गले चिनाएका थिए । 'अफ्रो एसियाली लेखक सम्मेलन' मा उनले नेपाली साहित्य विश्व साहित्यसँगै हातेमालो गरेर अगि बढ्ने विचार प्रस्तुत गरेका थिए। यो कुरा सहभागीको हृदय हल्लाउने गरी सारगर्मित पाराले यसरी व्यक्त गरेका थिए। नेपाली साहित्य हिउँ र पर्वतशृइखलाको भुलभुलैयामा बिलाउने छैन र विश्व साहित्यक स्तरमा विकास हुने बताएका थिए । हाम्रो साहित्य पनि एउटै प्रवाहमा सम्मिलित भएर एसिया तथा अफ्रिकालाई परिवेष्टित गर्ने साहित्यको असीम महासागरमा मिल्ने उनको आँकलन थियो । उनको यो आत्मविश्वास प्रशंसनीय छ। यस महासागरद्वारा सिञ्चित त्यो साहित्य पहिलेभन्दा अझ बढी सुन्दर र सम्पन्न बनेर जलविन्दुका रूपमा फेरि हामा पहाडमा नै बर्सने कुराबाट उनको नेपाली साहित्यप्रतिको प्रेम झल्किन्छ । वास्तवमा यस्तो व्यक्तित्व नेपाली साहित्यले पाउनुमा हामी गर्व गर्ने पर्छ ।

 

८. लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको समीक्षा गर्नुहोस् ।

उत्तर 👉  १९६६ कार्तिक २७ गते शुक्रबार लक्ष्मी पूजाका दिन नेपाली साहित्यका वरिष्ठ प्रतिभा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म काठमाडौंको धोबीधारा टोलमा भएको थियो। उनका पिताको नाम पण्डित तिलमाधव देवकोटा र माताको नाम अमर राज्यलक्ष्मी देवी देवकोटा हो। उनी आमाबाबुका साइला छोराका रूपमा जन्मिएका हुन्। उनको न्वारनको नाम तीर्थमाधव देवकोटा भएता पनि लक्ष्मी पूजाको दिनमा जन्मिएकाले लक्ष्मीकै प्रसादका स्वरूप उनलाई लक्ष्मीप्रसाद भन्न थालियो। पाँच वर्षको उमेरमा नै उनले आफ्ना पिताबाट अक्षरारम्भ गरेका थिए। हुने बिरुवाको चिल्लो पात भने झैं उनले दश वर्षको उमेरमा नै पिताको प्रेरणाबाट ‘घनघोर दुःख सागर’ शीर्षकको कविता लेखेको पाइन्छ। उनले लेखेको उक्त कविता यस्तो छः

“घनघोर दुःख सागर संसार जान भाइ,

नगरे घमण्ड कहिले मर्नू छ हामीलाई।”

तर उनको प्रथम प्रकाशित कविता भने पूर्णीमाको जलदी हो। यो कविता १९९१ साल मंसिर १५ गते गोरखा पत्रमा छापिएको थियो। उनको ठूलो परिवार भएकाले सीमित आयका कारण उनलाई केही समय अप्ठ्यारो परे पनि बाल्यकालमा उनलाई घर परिवारले ज्यादै माया गरी हुर्काएको पाइन्छ। उतिवेलाको परम्परा अनुसार देवकोटाको व्रतवन्ध ८ वर्षको उमेरमा नै गरिएको थियो। त्यसपछि उनले पिताबाट नै अमरकोष र संस्कृतका श्लोकहरू पढ्ने अवसर पाएका थिए। उनी पिताले पढाएका संस्कृतका श्लोकहरू कण्ठस्थ भन्न सक्दथे। उनी ११ वर्षको उमेरमा काठमाडौंको दरबार स्कूलमा पाँचौं कक्षामा भर्ना भएका थिए। स्कूलमा उनी मेधावी छात्रको रूपमा परिचित भएर आठौं कक्षा पढ्दा पढ्दै नवौं कक्षामा उक्लिने अवसर समेत पाएका थिए। यसै बीचमा १९८१ सालमा १५ वर्षको उमेरममा उनको विवाह काठमाडौंकी मनदेवी चालिसेसँग भएको थियो। विवाह पछि १९८२ सालमा उनले म्याटि्रक पास गरे त्यसपछि १९८२ सालमा नै उनी त्रिचन्द्र कलेजमा आइ.ए.सी.मा भर्ना भएका थिए। त्यहाँबाट आइ.ए.सी. पास गरेपछि उनले १९८६ सालमा भारतमा गएर बि.ए द्वितीय श्रेणीमा उत्तीर्ण गरे। त्यसवर्ष नेपालबाट बि.ए. पास गर्ने उनी एक जनामात्र थिए। त्यसपछि उनले नेपालमा आएर केही साथीहरूसँग मिली सर्वप्रथम काठमाडौंमा पुस्तकालय खोल्न थालेका थिए तर पुस्तकालय खोल्न थाल्दा तत्कालिन प्रधानमन्त्री भीमशम्शेर राणाद्वारा उनी दण्डित हुन पुगे। यसले गर्दा उनलाई राणा शासकप्रति घृणा लाग्न थाल्यो। त्यसपछि उनले विए. पनि पास गरे तर अंग्रेजी साहित्यको एम.ए.को पर्ढाई पूरा गर्न नसकेकोमा उनी ज्यादै चिन्तित बन्न पुगे। त्यसैताका उनकी ममतामयी माता अमरराज्य लक्ष्मीको निधन भयो। यसले गर्दा उनको कोमल मनलाई ज्यादै चोट पुग्यो। जीवन संघर्षपूर्ण छ। यस जीवनमा अनेकौं संग्राम लडेर मानिसले बाँच्नुपर्छ भन्ने कुराको बोध भएका देवकोटाले यो वेदनालाई पनि आत्मसात गरे।

 

९. दिइएको अनुच्छेदबाट मुख्य मुख्य चारओटा बुँदा टिपी सारांश लेख्नुहोस् ।

उत्तर 👉  

बुँदा टिपोट

  • नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको,
  • नेपाली भाषाका वक्तामा अरु भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्ने,
  • भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु रहेको,
  • भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्ने ।


 नेपाली भाषाको संरक्षण

भाषाको काम समाजको तथा व्यक्तिको आवश्यकता पूर्ति गर्नु हो । नेपाली भाषामा अभिव्यक्ति क्षमता र नयाँ शब्दलाई आत्मसात् गर्ने क्षमता रहेको छ । नेपाली भाषाका वक्तामा अरु भाषाका शब्द प्रयोग नगर्ने प्रतिबद्धता हुनुपर्छ । भाषा नेपालको मौलिक पहिचानसँग गाँसिएको हुनाले भाषिक आत्मनिर्भरतातिर हाम्रो सोच र प्रयास हुनुपर्छ ।

अनुच्छेदमा दिइएको शब्द सङ्ख्या : ११७ 

सारांशमा हुनुपर्ने शब्द सङ्ख्या : ४०

सारांशमा भएको शब्द सङ्ख्या : ४५

 


११. लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि तपाईलाई भविष्यमा कस्तो व्यक्ति बनूँ जस्तो लाग्यो, लेख्नुहोस् ।

उत्तर 👉 लक्ष्मीप्रसाद देवकोटाको जीवनी पढेपछि मलाई भविष्यमा असल मान्छे बनूँ जस्तो लाग्यो। हुनत मसँग लक्ष्मीप्रसाद देवकोटासँग जस्तो अद्वितीय प्रतिभा त छैन तैपनि आफ्नो क्षमता र हैसियतले भेटेसम्म समाजको कुनै क्षेत्रमा योगदान पुयाउने इच्छा बढेको छ। साहित्यिक र यस्तै कलाका क्षेत्रमा काम गर्न नसके पनि एउटा समाजसेवी भएर समाजको सेवा गर्न मन लाग्यो । हामीले व्यक्तिगत खुसी मात्र हेरेर नहुने रहेछ। एउटा सामाजिक र चेतनशील प्राणी भएको नाताले अरुको लागि पनि काम गर्नुपर्ने रहेछ । म पहिला त राम्रोसँग आफ्नो अध्ययनलाई पुरा गर्ने छु अनि एउटा सफल र असल मान्छे बनेर समाजको हितमा पनि लाग्ने छु ।

 

 

१२. 'देवकोटा छाँगो छड्छडाए झैं कविता लेख्ने कवि हुन्' भन्ने भनाइप्रति सहमति प्रकट गर्दै पाठक प्रतिक्रिया लेख्नुहोस् ।

 'देवकोटा छाँगो छङ्छ्ङाए झैं कविता लेख्ने कवि हुन्'

उत्तर 👉 महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपाली भाषा साहित्यलाई मुटुदेखि नै माया गर्दै साहित्य सिर्जना गर्ने नेपाली साहित्यका युगपुरुष हुन् । छाँगो छङउड़ाए झैं विजुली वेगमा कविता लेख्थे । उनले लगातार चार दशकसम्म विभिन्न विधाका दर्जन साहित्यिक कृति रचना गरी नेपाली साहित्यलाई समृद्ध तुल्याए । उनी कुरा गर्दागर्दै कविता लेख्न सक्थे । अझ भनौं, उनी कवितै कवितामा कुराकानी गर्न सक्थे। उनले तीन महिनामा 'शाकुन्तल' महाकाव्य, १० दिनभित्रका ६० घण्टामा 'सुलोचना' महाकाव्य र एकै रातमा 'कुञ्जिनी' खण्डकाव्य लेखेका थिए । यिनै योगदानका कारण उनी नेपाली भाषा साहित्यमा सर्वोत्कृष्ट कविका रूपमा प्रख्यात छन् प्रशस्त र गहकिला कविता, खण्डकाव्य, महाकाव्य जस्ता रचनाले गर्दा उनी महाकविका रुपमा सम्मानित छन् । उनी आशुकवि हुन् । उनी हिँड्दा हिँड्दै, बस्दा बस्दै धारा प्रवाह कविता लेखिदिन्थे । उनले छोटो समयमा मात्र लेखेनन, स्तरीय र गहन कृतिहरु लेखे । त्यसैले छाँगो छइउडाए झैं उनका कलमबाट सिर्जना फुरिरहन्थे भन्ने कुरामा दुई मत छैन ।

 



१३. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :


अ) चट्याङ भनेको के हो ?

उत्तर 👉  चट्याङ विद्युतीय करेन्ट हो । बादल आपसमा ठोक्किएर त्यसका अणुहरुबीच घर्षण हुँदा विद्युत् उत्पन्न हुने अवस्था नै चट्याङ हो । आकासबाट जमीनमा खस्ने एक प्रकारको विद्युतीय शक्ति चट्याङ् हो ।

 

(आ) चट्याङ कसरी पर्छ ?

उत्तर 👉 बादलका विपरीत दिशा एक आपसमा जुधेपछि त्यहाँ करेन्ट उत्पन्न हुन्छ र त्यसबाट ठूलो आगोको मुस्लो निस्किन्छ । यसैलाई ‘बिजुली चम्केको’ भनिन्छ । यसरी दुई बादल जुध्दा ठूलो आवाज निस्किन्छ । आकाशमा बादलहरूको हलचल र एक आपसमा टकराव र घर्षणले एक किसिमको विद्युतीय करेन्ट उत्पन्न हुन्छ । यसरी उत्पन्न भएको करेन्टलाई वैज्ञानिक भाषामा विद्युतीय अणु प्रोटन भनिन्छ । उक्त प्रोटन अणुहरू पृथ्वीमा भएको न्युटल अणु प्राप्त गर्नका लागि जमिनतर्फ चुम्बकीय गतिले प्रहार हुन्छ । भाइबहिनीहरू, चट्याङ विशेष गरी खुला ठाउँमा पर्ने गर्छ । प्रायः सल्लो, साल, पैँयो, खडीक, टुनीजस्ता अग्ला ठूलो रुख छेउछाउ र अग्ला टावरहरूमा पर्ने गर्छ । रुखहरूका साथै अग्ला घरहरूमा न्युटलको सम्पर्कमा आएर आकाशीय प्रोटन अणुसँग सङ्घर्षणका कारण एक प्रकारको विद्युतीय करेन्ट उत्पन्न हुन्छ । यस कारण चट्याङ् पर्छ ।

 

(इ) चट्याङ परेका वेला गर्न नहुने काम के के हुन् ?

उत्तर 👉 चट्याङ परेका वेला अग्लो वस्तु, रुख, गाड़ी, खुला ठाउँ, झन्डा बाँध्ने पाइप वा बॉसनजिक र विद्युतीय वस्तुनजिक जानुहुँदैन ।

 

(ई) चट्याङबाट हुने दुर्घटनाबाट कसरी बच्न सकिन्छ ?

उत्तर 👉 चट्याङबाट हुने दुर्घटनाबाट बच्न पक्की भवनमा आश्रय लिनुपर्छ ।

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)