Class 10 Nepali Guide Unit 6 : पाठ - ६ अधिकार ठूलो कि कर्तव्य ठुलो SEE Guide

Book Soluction Nepal
0

 पाठ - 

अधिकार ठूलो कि कर्तव्य ठुलो ? 

(वादविवाद)


शब्दभण्डार 

१. दिइएका शब्द र अर्थ बीच जोडा मिलाउनुहोस् :

उत्तर 👉 

प्रतियोगिता - प्रतिस्पर्धा वा होडबाजी

अभिमत - मनको विचार, राय

कसी - वस्तुको स्तर निधारण गर्ने साधन

कानुन - राज्यमा न्यायिक व्यवस्था कायम राख्न बनाइएको नियमको समष्टि रूप गतिशील

नैसर्गिक - स्वाभाविक, प्राकृतिक

वक्ता - वक्ता बोल्ने व्यक्ति

कायापलट - ठूलो परिवर्तन

घोषणापत्र - कुनै पनि संस्था वा व्यक्तिको वचनबद्धता घोषित गर्ने पत्र


 Download the Application and read all Unit Nepali Guide





२. दिइएका शब्द प्रयोग गरी एउटा अनुच्छेद लेख्नुहोस् :

कर्तव्यपालन, संविधान, सङ्घर्षपूर्ण, मानव, कल्याण, प्रजातन्त्र, अधिकार

उत्तर 👉 

हामी नेपाली सबैले आफ्नो कर्तव्यपालन गर्नुपर्छ । हाम्रो संविधानमा पनि नागरिकका कर्तव्य उल्लेख गरिएको छ । वर्तमान संविधान निर्माणको क्रम निकै सङ्घर्षपूर्ण थियो । अब हामी मानव एक अर्काको कल्याणमा लाग्नुपर्छ । देशको प्रजातन्त्र जोगाउनुपर्छ र नागरिकलाई अधिकारले सम्पन्न बनाउनुपर्छ ।

 

३. दिइएको अनुच्छेदबाट श्रुतिसमभिन्नार्थी शब्द खोजेर लेख्नुहोस् :

उत्तर 👉 

श्रुतिसमभिन्नार्थी शब्दहरु :-

दिन - दीन

द्वीप - दीप

सित- शीत

जुन - जून

कृति - कीर्ति

 

४. दिइएका शब्दको अर्थ खुल्ने गरी अलग अलग वाक्यमा प्रयोग गर्नुहोस् :

(क) बाजी बाजि

उत्तर 👉 

आमाले जुबामा बाजी लगाउँदा धेरै पैसा जित्नुभयो ।

रामले कयौं बाजि सगरमाथा चढ्न खोज्दा पनि सकेन ।

 

(ख) अवधी अवधि

उत्तर 👉 

- नेपालका धेरै भाषामध्ये अवधी भाषा पनि एक हो ।

- समय अवधिको कारणले गर्दा मैले एस.ई.ई.को तयारी गर्न सकिन ।

 

(ग) तिन तीन

उत्तर 👉 

- मैले सिनेमा हेर्न जाँउ भनेको तिनले अर्कै सुनिन् ।

- जियान्सले चालिस हजारमा मोबाइल किनेछ ।

 

(घ) पूरा पुरा

उत्तर 👉 

- प्रख्यातले सुरु गरेको काम प्राश्नाले पूरा गरिन ।

- पवनले खाएको पुरा गणेशले खाइदियो ।

 

(ङ) फेरि फेरी

उत्तर 👉 

- एस.ई.ई.मा फेल भएपछि मनोजले फेरि परीक्षा दियो ।

- जोगीले राती फेरी लगाउँदा मलाई एकदमै डर लाग्छ ।

 

(च) शूर सुर

उत्तर 👉 

- मनिस भएपछि हामी शूरवीर हुनुपर्छ ।

- सुर नभएको मानिसले गीत गाउँदा राम्रो सुनिदैन ।

 

 

बोध र अभिव्यक्ति

१. दिइएका शब्दको शुद्ध उच्चारण गर्नुहोस् :

उत्तर 👉 

विश्वव्यापी, सङ्ग्राम, उत्प्रेरित, प्रज्वलित, प्रतिष्पर्धा, ज्वलन्त दृष्टान्त, कुण्ठित, उद्घोषक, कर्तव्यपरायण

 

२. 'अधिकार ठुलो कि कर्तव्य ठुलो ?' वादविवादमा सहभागी भएका वक्ताको भूमिका निर्वाह गर्दै हाउभाउ सहित वादविवाद सस्वर वाचन गर्नुहोस् ।

उत्तर 👉 

 read in classroom

 

३. दिइएका प्रश्नको उत्तर भन्नुहोस् :

(क) अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियमहरू भन्नुहोस्।

उत्तर 👉 

वादविवादमा वक्ताले पालना गर्नुपर्ने नियम यस प्रकार छन् :

(अ) प्रत्येक वक्ताका लागि पाँच मिनेटको समय निर्धारण गरिएको छ । चार मिनेटमा जनाउ घन्टी बज्ने छ र पाँच मिनेटमा अन्तिम घन्टी बज्ने छ । अन्तिम घन्टीपछि वक्ताको समय समाप्त हुने छ ।

(आ) कुनै जाति, वर्ग, धर्म, समुदाय, क्षेत्र, लिङ्ग, अपाङ्गताप्रति भेदभाव हुने र आक्षेप लगाउने खालका विचार व्यक्त गर्न पाइने छैन ।

(इ) विपक्षका भनाइ खण्डन गर्दा आआफ्ना तर्क संयमित र शिष्ट ढंगले राख्नुपर्ने छ ।

(ई) वक्ताले कुनै लिखित टिपोट हेरेर बोल्न पाइने छैन ।

(उ) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ ।


(ख) वादविवाद पाठमा कति जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ ?

उत्तर 👉 

 वादविवाद पाठमा ५ जना पात्रको प्रत्यक्ष सहभागिता रहेको छ ।


(ग) वादविवादको पहिलो वक्ता को हुन् र उनले ककसलाई सम्बोधन गरेका छन् ?

उत्तर 👉 

 वादविवादको पहिलो वक्ता चिदानन्द चौधरी हुन् र उनले सभाध्यक्ष, प्रमुख अतिथि, निर्णायक मण्डल, गुरु, गुरुआमा, प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थीलाई सम्बोधन गरेका छन् ।


(घ) वादविवादमा युधिष्ठिरको प्रसङ्ग कुन वक्ताको भनाइमा आएको छ ?

उत्तर 👉 

 वादविवादमा युधिष्ठिरको प्रसङ्ग पदम गुप्ताको भनाइमा आएको छ ।

 



४. दिइएको वादविवादको अंश पढी सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणका लागि के गरे ?

उत्तर 👉 

 सुकरातले सत्यप्रतिको निष्ठा र कर्तव्यपरायणका लागि हेमलक विष पिए ।

 

(ख) बुद्धले कस्तो रहस्यको खोजी गरे ?

उत्तर 👉 

बुद्धले संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजी गरे ।

 

(ग) हामीले कसरी कर्तव्य पालन गर्न सक्छौं ?

उत्तर 👉 

 हामीले आआफ्नो ठाउँमा रही जिम्मेवार भएर कर्तव्य पालन गर्न सक्छौं ।

 

(घ) वादविवादको अंशमा कस्ता कस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ ?

उत्तर 👉 

 वादविवादको अंशमा राष्ट्रप्रतिको सम्मान, स्वतन्त्रता तथा साझा सांस्कृतिक सम्पदाको संरक्षण, धार्मिक सहिष्णुता र भाषिक विविधताको सम्मान जस्ता मौलिक कर्तव्यको कुरा गरिएको छ ।

 



५. दिइएका भनाइका वक्ता पहिचान गर्नुहोस् र उक्त भनाइका आशयबारे कक्षामा छलफल गर्नुहोस् : 

(क) निर्णायक मण्डलको निर्णय नै अन्तिम हुने छ ।

उत्तर 👉 उद्घोषक रमा पंजियार


(ख) परोपकार गर्नु नैतिक कर्तव्य हो ।

उत्तर 👉  पदम गुप्ता


(ग) नागरिक भएकै कारणबाट प्राप्त गर्ने अधिकार सम्पूर्ण नेपालीले बिना भेदभाव प्रयोग गर्न पाएका छन् ।

उत्तर 👉  श्रुति साह


(घ) खुसीको अजस्र स्रोत कर्तव्य भएकाले अधिकारभन्दा कर्तव्य नै ठुलो हो ।

उत्तर 👉 चिदानन्द चौधरी


(ङ) राष्ट्र र राष्ट्रियताको मजबुत जग बसाल्न हरेक वर्गका मानिसले अन्यायको अनुभूति गर्ने अवस्था आउनुहुँदैन ।

उत्तर 👉 विश्वेश्वरप्रसाद कोइरालाको भनाइ वक्ता भरत भण्डारीले


(च) कर्तव्यप्रतिको निष्ठा भक्ति वा उपासनाको सर्वोच्च रूप हो ।

उत्तर 👉  विवेकानन्दको भनाइ चिदानन्द चौधरीले


(छ) प्रकृतिको अधिकार खोस्ने ताकत कसैसँग छैन, कसैले प्रकृतिको अधिकार खोसोस् त ?

उत्तर 👉 श्रुति साह



 

६. दिइएका प्रश्नको उत्तर लेख्नुहोस् :

(क) अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका चिदानन्द चौधरीले कर्तव्यपालनबारे भनेका मुख्य मुख्य तीनओटा भनाइ लेख्नुहोस् ।

उत्तर 👉 

  • संसारका कैयौं आदर्श व्यक्ति आआफ्नो ठाउँमा रहेर नै कर्तव्य पालनको अग्निपरीक्षामा खारिएर खरो उत्रेका र महान् बनेका, 
  • कर्तव्यले नै मानिसलाई जीवनवादी बन्न, मनमा सकारात्मक सोच पैदा गर्न उत्प्रेरित गर्ने, 
  • आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य सुसंस्कृत हुने ।

 

(ख) कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा कसरी उल्लेख गरिएको छ, वादविवादका आधारमा लेख्नुहोस् ।

उत्तर 👉

 कर्तव्यको विषयलाई हाम्रा पौराणिक ग्रन्थमा प्राथमिकताका साथ उल्लेख गरिएको छ । न्यायपूर्ण रूपमा आर्जन गरेको धनबाट पारलौकिक कर्तव्य गर्नुपर्छ (नीतिश्लोक) । आफ्ना हातमा कर्तव्य गर्ने जुन अधिकार छ त्यसलाई इमानदारीपूर्वक पूरा गर्नुपर्छ (गीता) । मातृ देवो भव, पितृ देवो भव, आचार्य देवो भव (उपनिषद्) । जस्ता भनाइहरु समावेश गरिएका बाट पनि स्पष्ट हुन्छ कि हाम्रा पौराणिक ग्रन्थमा कर्तव्यको विषयलाई प्राथमिकताका साथ उल्लेख गरिएको छ ।

 

(ग) अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार लेख्नुहोस् ।

उत्तर 👉 अधिकारबिना कर्तव्य पूरा गर्न सकिँदैन । एउटा बालक जन्मनासाथ उसलाई कर्तव्यभन्दा अधिकारको हक हुन्छ । त्यसैले अधिकार जन्मसिद्ध हन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय भएकाले कर्तव्यभन्दा अधिकारको महत्त्व बढी हुन्छ । यही नै अधिकारका सन्दर्भमा भरत भण्डारीका भनाइको सार हो ।

 

(घ) श्रुति साहको भनाइको सार लेख्नुहोस् ।

उत्तर 👉 अधिकार ठुलो भएर नै यसको प्राप्तिका लागि आन्दोलनहरु भएका हुन् । प्रकृतिसँग सम्पूर्ण अधिकार छ र नै कर्तव्य पूरा गरिरहेको छ । मानिसले जन्मसिद्ध रुपमा प्राप्त, मानिसको समग्र व्यक्तित्व विकास तथा सम्मानपूर्ण र नैतिक जीवनयापनका लागि अपरिहार्य अधिकार कर्तव्यभन्दा विशिष्ट छ ।

 

७. व्याख्या गर्नुहोस् :

(क) कर्तव्यको कसीमा घोटिंदा मात्र हरेक व्यक्तिको व्यक्तित्वको सफल परीक्षण हुन्छ ।

उत्तर 👉  प्रस्तुत भनाइ वादविवादको वक्ता चिदानन्द चौधरीले भनेको हो । अधिकारभन्दा कर्तव्य ठुलो हो भन्ने कुरामा जोड दिँदा यो भनाइ आएको हो ।

कर्तव्यको पालनाबाट नै मानिस सफल र असफल भन्ने निर्धारण हुन्छ । पिताप्रतिको कर्तव्य पालनाका सन्दर्भमा जब राम वनवास गए, मर्यादापुरुषोत्तम बने र भगवानका रूपमा पुजिए । संसारमा दुःख के हो र यसबाट मानव जातिले कसरी मुक्ति पाउँछ भन्ने रहस्यको खोजसम्बन्धी कर्तव्य निर्वाह गर्दा गौतम बुद्ध महान् बने । ससाना कार्यबाट प्राप्त हुने ठुलाठुला परिणामले पनि कर्तव्यको महानता झल्काउँछ । आआफ्ना ठाउँबाट सबैले आआफ्नो कर्तव्य निर्वाह गरेको समाज सभ्य हुन्छ र सुसंस्कृत हुन्छ । नागरिकले आआफ्ना घर वरिपरि सफा गरे भने सिङ्गो गाउँ वा सहर सफा हुन्छ । कृषकलेँ झरी, बादल नभनी गरेको मिहिनेतले सबैले खाने अन्न उत्पादन हुन्छ । शिक्षकले पेसाप्रतिको निष्ठा सम्झदा र सोअनुसारको आचरण गर्दा शिक्षकको कर्तव्य पूरा हुन्छ । यसरी मानिसले आफ्ना कर्तव्य पूरा गरे मात्र ऊ सफल कहलाउँछ भन्ने कुरा स्पष्ट पार्न खोजिएको छ ।

 

(ख) अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो । खुट्टामा नेल लगाएर हिँड् भन्नु जस्तै हो ।

उत्तर 👉  प्रस्तुत भनाइ कर्तव्यभन्दा अधिकार ठुलोको विषयमा बोल्ने वक्ता भरत भण्डारीले भनेको हो । यसमा अधिकार नै ठुलो हो भन्ने उदाहरण प्रस्तुत गर्न खोजिएको छ ।

मानिसका लागि अधिकार पहिलो शर्त हो । अधिकारबिना मानिस अपाङ्ग बन्दछ । एउटा बालक जन्मनासाथ उसलाई अधिकार चाहिन्छ। अधिकार जन्मसिद्ध हुन्छ भने कर्तव्य पछि मात्र जोडिने विषय हो । किसानले बिउबिजन र मल पाए मात्र अन्न उब्जनी गर्न सक्छन् । यसरी नै मानिसहरुले पहिला अधिकार पाए मात्र कर्तव्य निभाउन सक्छन् । अधिकारबिनाको कर्तव्य नुनबिनाको तरकारी र अमिलोबिनाको अचार जस्तै हुन्छ । मान्छेलाई अधिकार नदिई कर्तव्य मात्र पूरा गर भन्नु बिना हतियार लडाइँमा पठाउनु जस्तै हो । खुट्टामा नल लगाएर हिँड् भन्नु जस्तै हो, हातमा हत्कडी लगाएर काम गर भन्नु जस्तै हो । अधिकारबिना मानिस कमजोर हुन्छ । जस खुट्टामा नेल लगाएर मान्छे हिँड्न सक्दैन त्यसरी नै अधिकारबिना कर्तव्य पूरा गर्न सकिँदैन। यसरी अधिकारबिना कर्तव्य पूरा ' गर्न कदापि सकिँदैन भन्ने भाव प्रस्तुत वादविवाद अंशमा स्पष्ट गरिएको छ ।

 

८. अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका वक्तामध्ये तपाइँलाई कसको भनाइ मन पर्यो, किन ?

उत्तर 👉  अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादका वक्तामध्ये मलाई चिदानन्द चौधरीको भनाइ मन पयो । उनले आफ्नो भनाइका क्रममा पूर्वीय दर्शन र पश्चिमा चिन्तकहरुका विभिन्न भनाइ र उदाहरणहरु प्रस्तुत गरेका छन् । हामी सबैले आआफ्नो कर्तव्य निभाउन थाल्यौं भने सबै कुरा राम्रो हुन्छ । त्यस्तै मलाई हाम्रो देश पछाडि पर्नुमा आफ्नो कर्तव्यप्रति केही जिम्मेवार नहुने, सधैं अधिकारका लागि मात्र आवाज उठाउने हामी नेपालीहरुको बानी पनि हो जस्तो लाग्छ । यसमा अधिकारका नाममा नेपालमा भएका आन्दोलनको प्रसङ्ग पनि जोडिएको छ । म “देशले मलाई के दियो होइन, मैले देशलाई के दिएँ” भन्ने विचार राख्छु र कर्तव्यलाई ठुलो ठान्दछु । उनको विचार तार्किक छ । उनले भनाइलाई उदाहरणबाट पुष्टि पनि गरेका छन् । उनको सम्बोधन, विषयवस्तुको ज्ञान र निष्कर्ष उत्कृष्ट छ । उल्लिखित कारणहरुले नै मलाई उनको भनाइ मन परेको हो ।

 

१०. तपाईंले वादविवादमा कर्तव्य र अधिकारका बारेमा फरक फरक तर्क पढ्नुभयो । कर्तव्य र अधिकारको सम्बन्ध कस्तो हुन्छ होला, साथीसँग छलफल गरी निष्कर्ष कक्षामा सुनाउनुहोस् । 

उत्तर 👉 कर्तव्य र अधिकारको सम्बन्ध :-

  • अधिकार अरुबाट प्राप्त हुन्छ, कर्तव्य स्वयम्ले गर्ने व्यवहार हो ।
  • अधिकार बीज र बोट हो, कर्तव्य फल हो ।
  • अधिकार मानिसले जन्मसिद्ध प्राप्त गर्छ भने कर्तव्य आफै महसुस गर्ने कुरा हो ।
  • अधिकार प्राप्ति हो, कर्तव्य व्यवहार वा चेतना हो ।
  • यसरी हेर्दा कर्तव्य र अधिकार एक सिक्काका दुई पाटा हुन् I

 

१२. हरेक आमाबुबाले आफ्ना सन्तानका लागि सम्पत्ति जोडिदिने कि स्तरीय शिक्षा दिने ? भन्ने भनाइको पक्ष र विपक्षमा विभाजित भई कक्षामा छलफल गर्नुहोस् ।

उत्तर 👉 

सन्तानका लागि सम्पत्ति जोडिदिने कि स्तरीय शिक्षा दिने ?

- आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरु, निर्णायक मण्डल, गुरुवर्ग तथा मेरा प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू ! म आजको वादविवादमा विषयको पक्ष अर्थात् सन्तानलाई स्तरीय शिक्षा दिनुपर्छ भन्ने विषयमा आफ्ना तर्क प्रस्तुत गर्दै छु ।

सभाध्यक्ष महोदय ! विद्या धनम् सर्वधनम् प्रधानम् भन्ने भनाइ त सर्वविदितै छ । शिक्षारूपी धन कहिल्यै पनि नासिएर अनि नष्ट भएर जाँदैन । स्तरीय शिक्षाकै कारणले सन्तान आफ्नै खुट्टामा उभिएर गरिखान सक्छन् । आमाबाबुले आफू धनको गरिब बनेर पनि आफ्ना सन्तानलाई शिक्षाको धनी बनाउने सपना बनाउनुपर्छ । धन क्षणिक हुन्छ तर शिक्षाले मानिसलाई जीवनभर सहयोग गर्छ । जहाँ गए पनि शिक्षाले हामीलाई पछ्याइरहेको हुन्छ । यो हासिल गर्न कठिन भए तापनि आर्थिक उन्नतिदेखि बौद्धिक उन्नति गर्न अत्यावश्यक छ । शिक्षित मान्छेले सम्मानित जीवन पाउन सक्छ । ऊ अपमानित हुने सम्भावना कम हुन्छ । सम्पत्तिको सहारा यो रहुन्जेलमात्र हो, जुन क्षणिक हुन्छ । यदि सन्तान अशिक्षित छ र उसका बाबुआमाले सम्पत्ति दिएका छन् भने सम्पत्ति सकिएपछि उसको शक्ति पनि सकिन्छ । तर यदि उसलाई ती चिजको बदलामा शिक्षा दिइएको छ भने ऊ जीवनभर आफ्नै क्षमताले जिउन सक्छ र अरुलाई पनि बचाउन सक्छ ।

नेल्सन मन्डेलाले भनेका छन्, “शिक्षा सबैभन्दा शक्तिशाली त्यो अस्त्र हो जसलाई तिमी संसार परिवर्तनका लागि प्रयोग गर्न सक्छौ ।” त्यस्तै अरिस्टोटलले भनेका छन्, “जति फरक मृत व्यक्ति र जीवित व्यक्तिमा छ, त्यति फरक शिक्षित र अशिक्षितमा छ ।” यसबाट पनि स्तरीय शिक्षाको महत्त्व झल्कन्छ । शिक्षाबाट ज्ञान र ज्ञानबाट विवेकको उदय हुन्छ । शिक्षाबाट मानिसले जीवन र जगत्लाई बुझ्ने सामर्थ्य राख्छ तर धनले मानिसलाई अल्छी, लोभी, लालसी, स्वार्थी र विलासी बनाउँछ । बिलासिताले मानिसको विवेक नष्ट गरिदिन्छ । त्यसैले आमाबुबाको कर्तव्य भनेको सन्तानलाई उचित शिक्षा दिनु हो । सन्तानलाई धन जोडिदिन भन्दै बुबाआमाले देशविदेशमा दुःख पाउने, छोराछोरी घरमा असल शिक्षा र संस्कार नपाएर कुलतमा फसेका कैयौं घटना हामीले देखेका छौं । (जनाउ घण्टी बज्छ ।)

धन सम्पत्तिले मान्छेमा मनुष्यत्व समाप्त भई पशुत्व सिर्जना हुन्छ । नीतिशास्त्रमा सन्तानलाई शिक्षाबाट अलग गर्ने बुबाआमा उसका ठुला शत्रु हुन् भनिएको छ। त्यसैले छोराछोरीलाई धनको चौकीदार होइन शिक्षाको हकदार बनाउनुपर्छ भन्दै आफ्ना भनाई अन्त गर्दछु ।

धन्यवाद !

 



१३. अधिकार ठुलो कि कर्तव्य ठुलो ? वादविवादको प्रस्तुति ढाँचा अनुकरण गरी पाठको पहिलो वक्ताका भनाइको खण्डन गर्नुहोस् । 

उत्तर 👉  आदरणीय सभाध्यक्षज्यू, प्रमुख अतिथिज्यू, निर्णयको भूमिकामा रहनुभएका निर्णायक मण्डल, गुरु, गुरुमा तथा मेरा प्रतियोगी साथीहरू र उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू ! म रत्न राज्य लक्ष्मी माविको १० कक्षाको विद्यार्थी पुकार अली विषयको विपक्ष अर्थात् अधिकार ठुलो भन्ने विषयमा आफ्ना तर्क प्रस्तुत गर्दै छु ।

सभाध्यक्ष महोदय ! अधिकार भन्नाले कानुनी, परम्परागत वा नैतिक हकलाई जनाउँछ । अधिकार भन्ने बित्तिकै कुनै पनि कुरामा आफ्नो स्वामित्व भन्ने बुझिन्छ । अधिकार भनेको त्यस्तो चिज हो जुन बच्चाले जन्मनासाथ लिएर आएको हुन्छ । मान्छेको पहिलो प्राप्ति नै अधिकार हो । त्यसैले पनि मान्छेले अधिकारबिना कर्तव्य निभाउन सम्भव छैन । पूर्ववक्ता साथीले अधिकारभन्दा कर्तव्य ठुलो हो भनेर विभिन्न तर्क राख्नुभयो । उहाँले पुराणका श्लोक कण्ठ गरेर सुनाउनुभयो । सत्यप्रतिको निष्ठा र कर्तव्य परायणका लागि सुकरातले हेमलक विष पिएको तर्क गर्नुभयो तर त्यो कर्तव्य परायणका लागि नभएर आफ्नो स्वतन्त्रताको अधिकार प्रयोग गर्दा सरकारको आँखाको तारो बनेपछि आफ्नो विचारबाट पछि हट्नुभन्दा मर्नु जाति ठानेर पिइएको थियो । उहाँले सरकारी कर्मचारीले मुस्कान सहितको सेवा दिने कर्तव्य पूरा गरे काम छिटो छरितो हुन्छ भन्नुभएको छ तर यदि एउटा व्यक्तिले आफूले पढ्न पाउने अधिकार नै पाउने हो भने त्यो कर्मचारी बनेर आफ्नो कर्तव्य कसरी निभाउन सक्छ ? पहिले त मानिसलाई मान्छे भएर जिउने अधिकार चाहिन्छ तब मात्र कर्तव्य निभाउन सक्छ । एउटा भोको पेटले एउटा पीडितले कर्तव्य पूरा गर्न कदापि सक्दैन । उहाँले कर्तव्यपालन पद वा ओहदामा रहेर वा नरहेर पनि गर्न सकिन्छ भन्नुभयो । यदि यस्तो हो भने पदको मर्यादाक्रम, चुनाब आदि किन भइरहेका छन् ? के यी जरुरी छैनन्, उहाँलाई प्रश्न गर्ने चाहन्छु । अब्राहम लिङ्कन, नेल्सन मन्डेला, महात्मा गान्धी जस्ता व्यक्तिहरु अधिकारका लागि नेतृत्वदायी भूमिका खेलेर विश्व प्रसिद्ध भएका हुन् र यसबाटै उनीहरुको महानता झल्कन्छ । जनताले स्वतन्त्रता पाउनुपर्छ भनेर अधिकारको आवाज नउठाएको भए त हामी सायद निरङ्कुश शासनको थिचोमिचो सहेर बसिरहनुपर्थ्यो । (जनाउ घन्टी बज्छ ।) अन्त्यमा, कर्तव्यको एकोहोरो आदर्श रटानले मात्र कसैको पेट भरिँदैन । कसैले पनि कर्तव्य पूरा गर्नका लागि पहिले अधिकार नै पाउनुपर्ने हुन्छ । यसैले कर्तव्य भन्दा अधिकार ठूलो हो भन्दै आफ्ना भनाइ यहीं बिसाउँछु, धन्यवाद ।

 


१४. दिइएको अनुच्छेद पढ्नुहोस् र सोधिएका प्रश्नको उत्तर लेख्नुहोस् : 

(अ) गरिबी भन्नाले के बुझिन्छ ?

उत्तर 👉 आफ्नो जीवन निर्वाह गर्नका लागि आवश्यक पर्ने गाँस, बास, कपाससमेत परिपूर्ति गर्न नसकेको अवस्थालाई गरिबी भन्ने बुझिन्छ ।

 

(आ) गरिबी किन बढ्छ ?

उत्तर 👉  अशिक्षा, जनसङ्ख्या वृद्धिदरको उच्चता, बेरोजगारी, न्यून आर्थिक वृद्धिदर आदि कारणले गरिबी बढ्छ ।

 

(इ) गरिबी निवारणका लागि कस्ता कार्य गर्न सकिन्छ ?

उत्तर 👉  गरिबी पहिचान गरी रोजगार तथा स्वरोजगारमूलक सिप विकास तालिम तथा शिक्षा कार्यक्रम सञ्चालनबाट गरिबी निवारण गर्न सकिन्छ ।

 

(ई) नेपालमा गरिबी निवारणमा ककसको भूमिका अपरिहार्य छ ?

उत्तर 👉  नेपालमा गरिबी निवारणमा सरकारी, सहकारी, सामुदायिक, निजी र गैरसरकारी क्षेत्र एवम् विकास साझेदारको भूमिका अपरिहार्य छ ।

 



(ख) भाषिक संरचना र वर्णविन्यास पहिचान गर्नुहोस् :

(अ) अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अज्ञात पक्षमा परिवर्तन गर्नुहोस्।

उत्तर 👉 गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आउँछ गरिबीको कारण व्यक्ति राष्ट्रको सबै खालका अवसरमा सहभागी हुन नपाउँदा विकासको मूल प्रवाहबाट वञ्चित हुनुपर्ने अवस्था आएछ ।

 

(आ) अनुच्छेदबाट वर्तमान कालको एउटा वाक्य टिपी त्यसलाई अभ्यस्त पक्षमा परिवर्तन गर्नुहोस् ।

उत्तर 👉  विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै गएको छ । विश्वमा दिनप्रतिदिन गरिबीको समस्या बढ्दै जान्थ्यो ।

 

(इ) मानव विकास सूचाङ्क का आधार मा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबी को प्रभाव अत्यधिक देखिने गरेको छ । भन्ने वाक्यमा त्रुटि भएका स्थानमा पदयोग गरी पुनर्लेखन गर्नुहोस् ।

उत्तर 👉 मानव विकास सूचाङ्कका आधारमा हेर्दा शिक्षा, स्वास्थ्य जस्ता क्षेत्रमा गरिबीको प्रभाव अत्यधिक देखिने गरेको छ ।

 

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)