Class 10 SEE Social Guide 2080 - पाठ ४ : हाम्रा राष्ट्रिय गौरव Our National Pride

Book Soluction Nepal
0

Class 10 SEE Social Guide

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव

Our National Pride


१. राष्ट्रिय गौरव भनेको के हो ?

Answer👉 राष्ट्रिय गौरव भन्नाले व्यक्तिमा आफ्नो राष्ट्रप्रतिको आस्था, लगाव र वफादारीको भावनालाई जनाउँछ । यो आफ्नो देश, यसको इतिहास, संस्कृति, मूल्यमान्यता र उपलब्धिहरूमा गर्व र सन्तुष्टिको भावना हो । राष्ट्रिय गौरव प्रायः पहिचानको भावना र राष्ट्रका जनताबीच साझा उद्देश्य र साझा लक्ष्यसँग सम्बन्धित हुन्छ।

 

 

२. 'नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो' यस भनाइलाई पुष्टि गर्नुहोस् ।

Answer👉 नेपालमा सयौँ जाति रहेका छन्, सयौँ भाषा रहेका छन्, विभिन्न मूल्य मान्यता र प्रचलन रहेका छन् । यहाँ थुप्रै जातिले थुप्रै चाडपर्व मनाउँछन् । रहनसहन, खानपिन, जन्मदा र मर्दाका प्रचलनहरू पनि फरक फरक छन् । यसको अर्थ नेपालमा धेरै संस्कृति रहेका छन् । तराई मधेशमा थारु र मिथिला संस्कृतिदेखि पहाड तथा हिमालसम्म तामाङ तथा मगर लगायतका थुप्रै संस्कृतिको मेलबाट नेपाली संस्कृतिको निर्माण भएको छ । तसर्थ नेपाल एक बहुसांस्कृतिक राष्ट्र हो।


Download the Class 10 Social Guide Application



 

३. मानौँ तपाइँ विदेश भ्रमणमा हुनुहुन्छ । त्यहाँको कुनै कार्यक्रममा तपाइँलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने के के विषयवस्तु प्रस्तुत गर्नुहुन्छ ?

Answer👉 विदेश भ्रमणमा गएका वेला कुनै कार्यक्रमा मलाई नेपालको चिनारी गराउने अवसर प्राप्त भयो भने नेपालको राष्ट्रिय गौरव बढाउने निम्न विषयवस्तु प्रस्तुत गर्छु ।

  • शान्तिको देश, शान्तिका दूत बुद्धको देशसम्बन्धी विषयवस्तु
  • जानकी र कलाकार अरनिकोसम्बन्धी विषयवस्तु
  • नेपालको भौगोलिक विविधतासम्बन्धी विषयवस्तु
  • विश्वको सर्वोच्च शिखर सगरमाथासम्बन्धी विषयवस्तु
  • वेदका ज्ञाता वेदव्याससम्बन्धी विषयवस्तु

 

४. “हामी वीर नेपालीका सन्तति हाँ, कसैले हाम्रो मानमर्दन गरेमा सो कार्य हामीलाई कदापि स्वीकार्य हुँदैन ।" यस भनाइप्रति आफ्नो धारणा प्रस्तुत गर्नुहोस् ।

Answer👉 हामी वीर नेपालीका सन्तति हौं । विश्वभरि नै नेपालीलाई वीर भनेर चिनिन्छ । नेपालीको वीरताको प्रशंसा विश्वभरि नै मुक्तकण्ठले हुन्छ । आज पनि विश्वशान्तिका लागि नेपाली सेनाको योगदान अविष्मरणीय छ । जहाँ जहाँ नेपाली सेना छ त्यहाँ इमानदारिता र वीरता छ । त्यसैले कसैले हाम्रो मानमर्दन गरेमा वा हामीलाई हेप्ने गरेका त्यो कार्य कदापि स्वीकार्य हुँदैन । भारतीय नाकाबन्दीको सामना यसको गतिलो जवाफ हो ।

 

 

सामुदायिक कार्य

तपाइँ रहेको प्रदेश वा जिल्लामा राष्ट्रिय गौरवका विषय हुन सक्छन् । ती के के रहेछन् ? तिनीहरूका विशेषता खोजी गरी प्रतिवेदन तयार पार्नुहोस् ।

Topic - मधेस प्रदेशमा रहेका राष्ट्रिय गौरव र तिनका विशेषता :-

अध्ययनका उद्देश्य :- यस अध्ययनका उद्देश्य निम्न छन् :-

  • मधेस प्रदेशमा रहेका राष्ट्रिय गौरवका विषय पहिचान गर्ने 
  • मधेस प्रदेशमा गौरवका विषयका विशेषता खोजी गरी प्रस्तुत गर्ने ।

अध्ययन विधि :- विभिन्न पुस्तकहरू अध्ययन, ठुलाबडासँग सोधपुछ, इन्टरनेटमा खोजी । प्राप्त भएका मुख्य मुख्य कुराहरू :-

(१) मधेस प्रदेशमा रहेका राष्ट्रिय गौरवका विषयहरू निम्न रहेको पत्ता लाग्यो : 

(क) जानकी मन्दिर 

(ख) गढीमाई मेला 

(ग) नेपालको प्रवेशद्वार वीरगञ्ज 

 

(२) यिनका प्रमुख विशेषताहरू :

(क) जानकी मन्दिर : नौलखा मन्दिर पनि भनिने, कलात्मक र आकर्षक रहेको, राम सीताको विवाहसँगसम्बन्धित, प्रत्येक वर्ष स्वदेश तथा विदेशका लाखौँ तीर्थयात्री आउने ।

(ख) गढीमाइ मेला : एसियाकै सबैभन्दा ठुलो मेला, प्रत्येक पाँच पाँच वर्षमा लाग्ने, बलिका लागि नेपाल तथा भारतमा प्रसिद्ध रहेको ।

(ग) नेपालको प्रवेशद्वार : वीरगञ्ज सहरलाई नेपालको प्रवेशद्वारका रूपमा लिइने, अधिकांश आयात र निर्यात यसै नाकाबाट हुने गरेको, आर्थिक नगरीका रूपमा विकास गर्न सकिने ।

निष्कर्ष तथा सुझाव : यस्ता राष्ट्रिय गौरवका विषयहरू खोजी गरी संरक्षण र सम्बर्धन गर्न सक्ने आन्तरिक तथा बाहृय पर्यटकको केन्द्रका रूपमा विकास गरी मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउन सकिन्छ । 


 

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)