Class 10 Social Guide पाठ - ४ राजनीतिक दल Guide 2080 सामाजिक गाइड

Book Soluction Nepal
0

Class 10 Social Guide

पाठ - ४ 

राजनीतिक दल Guide

 

१. राजनीतिक दल भनेको के हो ?

Answer👉 निश्चित सिद्धान्त, मूल्यमान्यता र दर्शनमा आधारित रहेर राजनीतिक उद्देश्य प्राप्तिका लागि खोलिएको सङ्गठनलाई राजनीतिक दल भनिन्छ । राजनीतिक दल जनताको सङ्गठन हुन् । राजनीतिक दलको सार्थक उपस्थितिमा नै लोकतन्त्र सम्भव हुन्छ ।

 

 

२. लोकतान्त्रिक व्यवस्थामा राजनीतिक दलको भूमिका प्रस्ट्याउनुहोस् ।

Answer👉 नेपालको अन्तरिम संविधान २०६३ को राजतन्त्रको विधिवत अन्त्य गरी नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्रको घोषणा गरेको छ । यसरी लोकतान्त्रिक शासन व्यवस्थामा पनि विभिन्न किसिमले जनताको प्रतिनिधित्व हुन्छ । लोकतन्त्रको आधारभूत पष भनेको नै जनादेशको सम्मान गर्नु हो । बहुदलीय प्रणालीमा दर्जनौा राजनीतिक दलहरु चुनाबी प्रक्रियामा समावेश भएका छन् तर धेरै कम दलहरुलाई मात्र चुनाव जित्ने र वास्तविक राजनीतिक सत्ता हात पार्ने अवसर प्राप्त हुन्छ । राजनीतिक दल त्यो बेला मात्र सफल हुन्छ जहाँ जनभावना अनुसार शक्ति र सत्तामा रहेर जनताकै लागि काम गर्छ ।

जनभावनालाई संस्थागत गर्न नसक्दा त्यसबाट लोकतन्त्र कमजोर हुनुका साथै अधिनायकवाद वा निरंकुश जन्मन्छ । कुनै पनि राजनीतिक दलले जनभावनाअनुसार काम गरेन भने त्यसलाई हटाउने क्षमता चुनावी प्रक्रियामार्फत् हुन्छ । त्यसको लागि आवधिक निर्वाचनको व्यवस्था हुन्छ । राजनीतिक दल सधैँ सफल हुन्छन् भन्ने छैन, असफल पनि हुनसक्छन् । आन्तरिक वा वाह्य कारणबाट समग्र लोकतान्त्रिक प्रणालीमा राजनीतिक दलको अस्तित्व समाप्त हुँदेन । नेपालका राजनीतिक दल र तिनका नेतृत्वले विगतमा गरेका गल्तीलाई सच्याएर आगामी दिनमा देशलाई गति दिन सक्यो भने राजनीतिक दलप्रति आम जनताको समर्थन सदैव रहन्छ ।

  

Download Complete Class 10 Social Guide 2080 



 

३. नेपालमा भएका विभिन्न राजनीतिक परिवर्तनमा राजनीतिक दलले खेलेको भूमिकाको विश्लेषण गर्नुहोस्।

Answer👉 नेपालका राजनीतिक दलको इतिहास हेर्ने हो भने राणाकाल वि.सं. १९९३ मा स्थापना भएको नेपाल प्रजा परषद् नै पहिलो पार्टी हो । जसको उद्देश्य राणा शासनको अन्त्य गरी प्रजातन्त्र स्थापना गर्नु थियो । जुन २००७ सालमा आएर मात्र प्राप्त भयो । त्यसपछि नेपालमा अन्य राजनीतिक दलहरु स्थापना भए । राणा शासनमा दलको अस्तित्व नभए पनि प्रजापरिषद्ले लुकिछिपी राजनीतिक क्रियाकलाप सञ्चालन गरी जनतालाई संगठित गरेको थियो ।

२०१५ सालमा सम्पन्न निर्वाचनमा ९ वटा दल सहभागी थिए भने २०७० सालसम्म आइपुग्दा दलहरुको संख्या १२७ पुग्यो । त्यसपछि २०१७ देखि ०४७ सम्म ३० वर्ष पञ्चायती शासन रह्यो । जसमा दलहरुको भूमिका प्रत्यक्षहुन पाउँदैनथ्यो । दलहरु भूमिगत रुपमै सक्रिय रहे । जसको फलस्वरुप पञ्चायती व्यवस्था विरुद्ध जनआन्दोलन २०४६ सफल भयो । त्यसपछि राजनीतिक दलहरुको सक्रियता बढ्न थाल्यो । फेरि ज्ञानेन्द्रले २०५९ सालमा संसद भङ्ग गरी २०६१ मा शासन सत्ता आफ्नो हातमा लिए ।

जसको कारण २०६२÷०६३ जनआन्दोलन नेपाली कांग्रेस, माओवादी, एमालेले नेतृत्व गरी ज्ञानेन्द्रलाई संसद पुनःस्थापना गर्न बाध्य तुल्याए । दलहरुको कारण २०६५ मा राजतन्त्रको विधिवत अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुक भयो । यसरी राजनीतिक दलको स्थापनादेखि हालसम्म दलहरुको भूमिका कहिले सक्रिय बढी र कहिले कम रह्यो । दलहरु सचेत नभएका कारण यस्तो अवस्था सामना गर्नुपरेको हो । मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, शिक्षा, स्वास्थ्य, रोजगारी आदि पषको विकासको आधार राजनीति भएकाले यसलाई पूरा गर्ने एकमात्र प्रतिनिधि संस्था राजनीतिक दल भएकाले संवैधानिक बाटोमार्फत् त्यसको कार्यान्वयन गरिनुपर्छ ।

 


४. राजनीतिक दल खोल्न आवश्यक प्रावधान उल्लेख गर्नुहोस् ।

 

Answer👉 राजनीतिक दल खोल्न आवश्यक प्रावधान निम्नलिखित छन् :-

(क) दलको विधान र नियमावली लोकतान्त्रिक हुनुपर्ने 

(ख) कम्तीमा पाँच वर्षमा एक पटक सो दलको सङ्घीय र प्रदेश तहका प्रत्येक पदाधिकारीको निर्वाचन भएको हुनुपर्ने 

(ग) दलका विभिन्न तहका समितिमा समावेशी प्रतिनिधित्वको व्यवस्था हुनुपर्ने 

(घ) राजनीतिक दलको विधान, घोषणापत्रको साथमा निवेदन दर्ता गराउनुपर्ने, साथै निम्नलिखित विवरण पनि खुलाउनुपर्ने : :-

राजनीतिक दलको नाम र त्यसको केन्द्रीय कार्यालयको ठेगाना, राजनीतिक दलको कार्यकारिणी समिति वा सो सरहको समितिका सदस्य तथा अन्य पदाधिकारीको नाम र ठेगाना, राजनीतिक दलको आय स्रोतको कोष र सो जुटाउने स्रोतको विवरण, निर्वाचन आयोगले राखेका अन्य प्रावधानहरू पूरा गर्ने ।

 

 

५. राजनीतिक दलमाथि जनताको भरोसा अभिवृद्धि गर्ने उपाय सुझाउनुहोस् ।

Answer👉 राजनीतिक दलमाथि जनताको भरोसा अभिवृद्धि गर्ने उपाय :-

  • आफ्नो दलको राजनीतिक सिद्धान्तअनुसार काम गर्ने
  • दलगत र व्यक्तिगत स्वार्थ त्यागी राष्ट्रिय स्वार्थका लागि काम गर्ने
  • सामाजिक विकृति र समस्या निराकरणका लागि चेतना जागरण गर्ने
  • भ्रष्टाचार नियन्त्रण र विकास निर्माण कार्यमा सहजीकरण गर्ने
  • जनअपेक्षा र घोषणा पत्रअनुसार कार्य गर्ने
  • कानुनी शासन स्थापना गरी सुशासन कायम गर्ने कुरालाई विशेष प्राथमिकता दिने
  • लोकतन्त्र एवम् मानवअधिकारको संरक्षण र सम्बर्धन गर्ने

 

 

६. नेपालमा मान्यता प्राप्त राजनीतिक दलको सूची बनाउनुहोस् ।

Answer👉 नेपालमा मान्यता प्राप्त राजनीतिक दल :-

  • नेपाली काङ्ग्रेस, 
  • नेकपा (एमाले), 
  • नेकपा (माओवादी केन्द्र), 
  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), 
  • जनता समाजवादी पार्टी, 
  • राष्ट्रिय प्रजातन्त्र पार्टी 

 


Class 10 Social Guide


Lesson - 4


Political Party Guide


 


1. What is a political party?


Answer👉 An organization formed to achieve political objectives based on certain principles, values and philosophy is called a political party. Political parties are organizations of the people. Democracy is possible only with meaningful presence of political parties.


 


 


2. Explain the role of political parties in a democratic system.


Answer👉 The Interim Constitution of Nepal 2063 duly ended the monarchy and declared Nepal a Federal Democratic Republic. In this way, the people are represented in different ways even in a democratic system of government. The basic aspect of democracy is to respect the mandate. In the multi-party system, dozens of political parties are included in the electoral process, but only very few parties get the opportunity to win the election and gain real political power. A political party is successful only when it is in power and works for the people according to the sentiments of the people.


If people's sentiments cannot be institutionalized, it weakens democracy and gives rise to authoritarianism or autocracy. If any political party does not act according to public opinion, it has the ability to remove it through the electoral process. Periodical elections are arranged for that. Political parties are not always successful, they can also fail. The existence of a political party in the overall democratic system should not end due to internal or external reasons. If the political parties of Nepal and their leadership can correct the mistakes made in the past and speed up the country in the future, the support of the common people towards the political parties will always remain.


 


 


3. Analyze the role played by political parties in various political changes in Nepal.


Answer👉 If we look at the history of Nepal's political parties, Rana period B.S. Nepal Praja Parshad, established in 1993, is the first party. The purpose of which was to end the Rana rule and establish democracy. Which was achieved only in 2007. After that, other political parties were established in Nepal. Although the party did not exist during the Rana regime, the Prajaparishad conducted political activities secretly and organized the people.


In the elections held in 2015, 9 parties participated and by 2070, the number of parties reached 127. Then there was Panchayati rule for 30 years from 2017 to 047. In which the role of the parties could not be direct. The parties remained active underground. As a result of which the people's movement 2046 against the panchayat system was successful. After that, the activity of political parties started to increase. Again, Gyanendra dissolved the parliament in 2059 and took over the government in 2061.


Due to which 2062-063 people's movement led by Nepali Congress, Maoist, UML forced Gyanendra to restore the parliament. Due to the parties, in 2065, the monarchy was formally ended and the country became a federal democratic republic. Thus, from the establishment of political parties until now, the role of the parties has sometimes been more active and sometimes less. The parties have to face this situation because they are not aware. Since politics is the basis of the country's social, economic, political, education, health, employment, etc. development, the political party is the only representative organization that can fulfill it, so it should be implemented through constitutional means.


 




4. Mention the provisions necessary to open a political party.


 


Answer👉 Following are the necessary provisions to open a political party:-


(a) The constitution and rules of the party should be democratic


(b) At least once in five years, there should be an election of every official of the party at the federal and provincial levels


(c) There should be an arrangement of inclusive representation in the committees at different levels of the party


(d) Application should be registered along with constitution, manifesto of the political party, and the following details should also be disclosed: :-


The name and address of the political party and its central office, the name and address of the members and other officials of the executive committee or similar committee of the political party, the details of the source of income of the political party and the source of its collection, fulfilling other provisions laid down by the Election Commission.


 


 


5. Suggest ways to increase people's trust in political parties.


Answer👉 Ways to increase people's trust in political parties:-


Act according to the political principles of your party

To work for the national interest without partisan and personal interests

Raising awareness for social evils and problem solving

Facilitating corruption control and development work

To act according to public expectations and manifesto

Giving special priority to establishing the rule of law and maintaining good governance

To protect and promote democracy and human rights

 


 


6. Make a list of recognized political parties in Nepal.


Answer👉 Recognized political parties in Nepal:-


Nepali Congress,

CPN (UML),

CPN (Maoist Centre),

National Independent Party (NSPA),

Janata Samajwadi Party,

National Democratic Party

 

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)