Class 10 Social Guide : पाठ - ६ मानव अधिकार Guide Note, नेपाली गाइड

Book Soluction Nepal
0

Class 10 Social Guide 

पाठ - ६ 

मानव अधिकार Guide

 

१. मानव अधिकार भनेको के हो ?

Answer👉 मानव अधिकार भनेको मानिसलाई आत्मसम्मानपूर्वक बाँच्न नभई नहुने अति आवश्यक तत्व हो । यी तत्व पाउनु मानिसको नैसर्गिक हक हो, जुन परिपूर्ति नभएको वा हनन् भएको खण्डमा दाबी गरेर प्राप्त गर्न सकिन्छ । मानव अधिकार मानिसलाई मानिस भएका कारण प्राकृतिकरूपमा प्राप्त हुन्छ । त्यसकारण मानव अधिकारलाई जन्मसिद्ध अधिकार वा नैसर्गिक अधिकार पनि भन्छन् । पोसिलो खाना पेटभर खान पाउनु, कमसेकम आधारभूत शिक्षा अनिवार्य र निःशुल्क पाउनु, आधारभूत स्वास्थ्य सेवा पाउनु, सबैसरह समान व्यवहार पाउनु, विचार र अभिव्यक्ति स्वतन्त्रता पाउनु, आफूलाई असर पर्ने विषयको निर्णय गर्ने प्रक्रियामा सहभागी हुन पाउनु, पेसा तथा रोजगारी छनौट स्वतन्त्रता आदि मानिसका आधारभूत अधिकार हुन् ।

 

 

२. मानव अधिकार र मौलिक अधिकारबिचको भिन्नता उल्लेख गर्नुहोस् ।

Answer👉 

विषयमानव अधिकारमौलिक अधिकार
अभिव्यक्तिव्यापक अभिव्यक्तिसूक्ष्म अभिव्यक्ति
सीमिततासीमित अधिकारनिर्दिष्ट अधिकार
कानुनअन्तर्राष्ट्रिय कानुनमा पर्छराष्ट्रिय कानुनमा पर्छ
प्रचलननागरिक अधिकार, संवैधानिक अधिकार, मूलभूत अधिकारनागरिक अधिकार, संविधानिक अधिकार, मूलभूत अधिकार
समानतासबै राष्ट्रमा समानराष्ट्रअनुसार फरक-फरक

 


 Download Complete Class 10 Social Guide 2080 



 

३. मानव अधिकारको संरक्षणमा सरकारी तवरबाट भएका प्रयासको समीक्षा गर्नुहोस् ।

Answer👉 मानव अधिकारको विश्वव्यापी घोषणा, १९४८ ले उल्लेख गरेका ३० ओटा धाराहरूमा उल्लिखित मानव अधिकारलाई विश्वव्यापी रूपमा लागु हुने गरी व्यवस्था भएअनुसार नेपालले पनि मौलिक हकका रूपमा संविधानमा नै समावेश गरी कार्यान्वयनको व्यवस्था गर्दै आएको छ । स्वतन्त्रता, समानता, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका लगायतको मौलिक हकको व्यवस्था गरी कार्यान्वयनको जमर्को भइरहेको छ । त्यस्तै मानव अधिकारका सम्बन्धमा काम गर्न राष्ट्रिय मानव अधिकार आयोग वि.सं. २०५७ मा स्थापना भई संवैधानिक निकायका रूपमा कार्यरत रहेको छ । यसले गौरव, समानता र न्यायका लागि काम गर्छ । मानव अधिकार हनन्‌का घटनामा आवश्यक छानबिन गरी दोषीलाई कारबाहीका लागि सरकार समक्ष सिफारिस गर्दछ ।

त्यसैगरी मानव अधिकारको संरक्षणका लागि सरकारले मानव अधिकार ऐन, २०६८ निर्माण गरी लागु गरेको छ र यसको कार्यान्वयनमा जोड दिएको छ । महिला, बालबालिकाको हक अधिकारको सुनिश्चिताका लागि विभिन्न प्रयास भइरहेका छन् । यससम्बन्धी मन्त्रालय, विभागसमेतको व्यवस्था रहेको छ । त्यस्तै गरी मानव अधिकारप्रति प्रतिबद्धता व्यक्त गर्दै विभिन्न अन्तर्राष्ट्रिय सन्धिसम्झौतामा हस्ताक्षर गर्ने र सोसम्बन्धी प्रावधान लागु गर्ने प्रयास पनि नेपाल सरकारले गर्दै आएको छ ।

यसप्रकार मानव अधिकारको संरक्षणका लागि नेपालमा सरकारी तवरबाट विभिन्न प्रयासहरू भएका छन् ।

 

 

४. मानव अधिकारलाई विश्वव्यापी रूपमा उच्च प्राथमिकता दिनुका कारण उल्लेख गर्नुहोस् ।

Answer👉 मानव अधिकारलाई विश्वव्यापी रूपमा उच्च प्राथमिकता दिनुका कारण निम्न छन् :-

  • मानव अधिकार आधारभूत तथा जन्मसिद्ध अधिकारका रूपमा रहेको छ ।
  • यसमा प्रत्येक व्यक्तिमा जाति, भाषा, धर्म, लिङ्ग, अपाङ्गता, राष्ट्रियता तथा सामाजिक र आर्थिक अवस्था, राष्ट्रिय सिमाना आदिको भेदभावबिनाको व्यवहार समावेश गरिएको छ ।
  • संयुक्त राष्ट्र सङ्घका सदस्य राष्ट्रले यसको अनिवार्य कार्यान्वयनको व्यवस्था गर्नुपर्छ ।
  • यसले सबैलाई केवल मानवका रूपमा मात्र हेर्छ ।
  • यो अन्तर्राष्ट्रिय कानुनका रूपमा रहेको हुन्छ ।


Lesson - 6

Human rights

 

1. What are human rights?

Answer👉 Human rights are the most essential elements that people must have to live with self-respect. It is a human's natural right to get these elements, which can be obtained by claiming if it is not fulfilled or violated. Human rights come naturally to people because they are human. Therefore, human rights are also called birthrights or natural rights. The basic rights of human beings are to eat enough food, to get at least basic education, which is compulsory and free, to get basic health services, to treat everyone equally, to have freedom of thought and expression, to participate in the decision-making process of matters that affect them, to choose profession and employment, etc. yes

 

 

2. Mention the difference between human rights and fundamental rights.

Answer 👉

Subject Human rights Fundamental rights
Expression Broad Expression Micro Expression
Limitations Limited rights Specified rights
Law belongs to international law and national law
Practice Civil Rights, Constitutional Rights, Fundamental Rights Civil Rights, Constitutional Rights, Fundamental Rights
Equality is the same in all nations and varies from nation to nation
 

 

3. Review the government's efforts to protect human rights.

Answer👉 According to the provisions of the Universal Declaration of Human Rights, 1948, the human rights mentioned in the 30 articles are universally applicable, Nepal has also been making arrangements for implementation by including them in the constitution as a fundamental right. The fundamental rights of freedom, equality, education, health, women and children are being arranged and implemented. Similarly, to work in relation to human rights, the National Human Rights Commission v. No. It was established in 2057 and is functioning as a constitutional body. It works for pride, equality and justice. In cases of human rights violations, it is recommended to the government to carry out necessary investigations and take action against the culprits.

Similarly, for the protection of human rights, the government has created and implemented the Human Rights Act, 2068 and emphasized on its implementation. Various efforts are being made to ensure the rights of women and children. There is an arrangement of ministries and departments in this regard. In the same way, the government of Nepal has been trying to sign various international treaties and implement the related provisions by expressing its commitment to human rights.

In this way, various efforts have been made by the government in Nepal for the protection of human rights.

 

 

4. Mention the reasons why human rights are given high priority globally.

Answer👉 Following are the reasons for giving high priority to human rights globally:-

Human rights exist as basic and birthrights.
It includes the treatment of every person without discrimination of caste, language, religion, gender, disability, nationality and social and economic condition, national borders etc.
United Nations member states must arrange for its mandatory implementation.
It sees everyone as only human.
This is in the form of international law.



Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)