Class 10 Social Guide SEE Guide : पाठ - ३ मण्डल Notebook सामाजिक गाइड

Book Soluction Nepal
0

Class 10 Social Guide SEE Guide

पाठ - ३ मण्डल Notebook


१. भूमध्यरेखीय र उष्ण मरुस्थलीय हावापानीबिच फरक छुट्याउनुहोस् ।

Answer👉 

भूमध्यरेखीय हावापानीउष्ण मरुस्थलीय हावापानी
(क) औसत तापक्रम२७° र तापान्तर २° सेल्सियस मात्र हुन्छदिनमा ४०° र रातमा १०° भन्दा कम तापक्रम हुन्छ
(ख) सूर्यको किरणसिधा पर्ने हुनाले धेरै गर्मी हुन्छदिनमा अति गर्मी र रातमा अति चिसो हुन्छ
(ग) दिन र रातको समयबराबर रहने तथा ऋतु परिवर्तन हुँदैनदिन र रातको तापान्तर अत्यधिक रहने गर्छ
(घ) औसत वर्षा२०० से.मि. सम्म हुन्छ१२ से.मि. सम्म हुन्छ

 

 

२. नेपाल मौसमी हावापानीका क्षेत्रमा पर्ने भए तापनि हिमाली, पहाडी र तराई क्षेत्रका वनस्पतिबिचमा समानता छैन । कारण उल्लेख गर्नुहोस् ।

Answer👉 नेपालमा हिमाली, पहाडी र तराई क्षेत्र रहेको छ । यो भौगोलिक विविधताले गर्दा तराई क्षेत्रमा ज्यादा गर्मी हुन्छ भने पहाडी क्षेत्रमा कम गर्मी हुन्छ । त्यस्तै हिमाली क्षेत्रमा ज्यादै चिसो हुन्छ । तराई क्षेत्र समथर भूभागका रूपमा रहेको छ भने पहाडी तथा हिमाली क्षेत्रमा अग्ला पहाडहरू रहेका छन् । तराई क्षेत्रदेखि हिमालसम्मको समुद्री उचाइमा निकै भिन्नता रहेको छ । यसले गर्दा हावापानीमा विविधता छ । हावापानीमा विविधता भएकाले वनस्पतिमा पनि विविधता रहेको छ अर्थात् समानता छैन ।


  Download Complete Class 10 Social Guide 2080 

 




३. सभाना क्षेत्रमा बस्ने र अमेजन क्षेत्रमा बसोबास गर्ने मानिसको जीवनशैलीमा के के भिन्नता छ ?

Answer👉 सभाना क्षेत्रम बस्ने मानिसको जीवनस्तर खासै विकसित छैन । मसाई र हाउसा जातिका मानिसहरू अझै पुरानै रीतिरिवाजमा रमाउने र पशुहरू चराउँदै घाँसपानीको खोजीमा फिरन्ते जीवन जिउन बाध्य छन् । आजभोलि आधुनिकता भित्रिन थालेको छ । अमेजन क्षेत्रमा बसोबास गर्ने आदिवासी रेड इन्डियन र गिनी क्षेत्रका पिग्मिजिहरूको जनजीवन निकै असहज रहेको छ । यिनीहरू फिरन्ते स्वभावका थिए । कन्दमूल सङ्कलन गर्ने, सिकार गर्ने, पशुपालन गर्ने, अस्थायी रूपले खेतीपाती गर्ने जस्ता गतिविधि गर्थे ।

 

 

४. उष्ण तृणभूमिका मानिसको कमजोर आर्थिक अवस्थालाई पर्यटन विकास गरी सुधार गर्न सकिन्छ । यस भनाइलाई उदाहरणसहित पुष्टि गर्नुहोस् ।

Answer👉 उष्ण तृणभूमिका मानिसको आर्थिक अवस्था निकै कमजोर रहेको छ । जीवनस्तर विकसित छैन । यहाँको आर्थिक अवस्थालाई पर्यटनको विकास गरी सुधार गर्न सकिन्छ । यस क्षेत्रमा जिराफ, जेब्रा, हात्ती, अर्ना जस्ता जनावर पाइन्छ । धेरै प्रकारका जीवजनावर पाइने हुनाले यस क्षेत्रलाई संसारको चिडियाखाना भनिन्छ । यहाँ विभिन्न राष्ट्रिय निकुञ्ज र संरक्षण क्षेत्रको स्थापना हुन थालेको छ । त्यस्तै यो क्षेत्र फिल्म सुटिङको गन्तव्य पनि बन्न थालेको छ । यी कुराहरूको प्रचारप्रसार गरी पर्यटन क्षेत्रको विकासका माध्यमबाट यहाँको आर्थिक अवस्था सुधार गर्न सकिन्छ

 

 

५. मरुद्यान भनेको के हो ? यसको महत्त्व सम्बन्धमा चर्चा गर्नुहोस् ।

Answer👉 उष्ण मरुस्थलीय क्षेत्रमा मरुस्थल मात्र भए पनि कतै कतै पानी पाइन्छ । त्यहाँ आधुनिक प्रविधिको सहायताले खेतीपाती गरेको भेटिन्छ । यस्तो खेतीपाती गरिएको र हरियालीयुक्त क्षेत्रलाई मरुद्यान भनिन्छ । मरुद्यानको आसपासका क्षेत्रमा पाम जातका वनस्पति पाइन्छ । मरुद्यानमा बस्ती बाक्लो पाइन्छ । मरुस्थलमा अन्न उब्जने प्रमुख ठाउँ र बाक्लो बसोबास रहेको क्षेत्र भएकाले मरुद्यानको महत्त्व रहेको छ ।



Class 10 Social Guide SEE Guide

Lesson - 3 Mandal Notebook


2. Although Nepal belongs to the region of seasonal climate, there is no similarity between the flora of the Himalayan, mountainous and Terai regions. Mention the reason.

Answer👉 There are Himalayan, mountainous and Terai regions in Nepal. Due to this geographical diversity, the heat is more in the terai region and the heat is less in the hilly region. Similarly, it is very cold in the Himalayan region. The Terai region is in the form of a flat land, while the hilly and Himalayan regions have high mountains. There is a huge difference in sea level from the Terai region to the Himalayas. Due to this there is diversity in the climate. As there is diversity in the climate, there is also diversity in the vegetation, i.e. there is no uniformity.


3. What is the difference in the lifestyle of people living in the Savanna region and living in the Amazon region?

Answer👉 The standard of living of the people living in Savana area is not very developed. The Maasai and Hausa people are still forced to enjoy their old customs and lead a nomadic life in search of grass and water. Today, modernity has started to enter. The lives of the indigenous Red Indians living in the Amazon region and the pygmies of the Guinea region are very uncomfortable. They were of wandering nature. They used to do activities like collecting tubers, hunting, animal husbandry and temporary farming.


4. The weak economic condition of the people of hot grasslands can be improved by developing tourism. Confirm this statement with an example.

Answer👉 The economic condition of the people of Ushna Trinabhumi is very weak. The standard of living is not developed. The economic situation here can be improved by developing tourism. Animals like giraffe, zebra, elephant, and deer are found in this area. This area is known as the zoo of the world as there are many types of animals. Various national parks and protected areas have been established here. Similarly, this area has also started to become a destination for film shooting. By promoting these things, the economic situation can be improved through the development of the tourism sector



5. What is an oasis? Discuss its importance.

Answer👉 Even if there is only desert in the hot desert area, water is found somewhere. Farming is done there with the help of modern technology. Such cultivated and green areas are called Marudyan. Palm plants are found in the surrounding areas of Marudyan. Settlements are dense in Marudyan. Marudyan is important because it is a major place for growing food in the desert and a densely populated area.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)