Class 10 Social Guide 2080 - पाठ ३ : नेपालमा सङ्घीयता Federalism in Nepal SEE Nepal

Book Soluction Nepal
0

                                                             Class 10 Social Guide 2080

                                                              पाठ ३ : नेपालमा सङ्घीयता

Federalism in Nepal


 

१. सङ्घीयता भनेको के हो ?

Answer👉 देशलाई विभिन्न प्रदेश र स्थानीय तहमा विभाजन गरी शासन सञ्चालन गर्ने प्रक्रियालाई सङ्घीयता भनिन्छ ।

 

 

२. नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन औँल्याउनुहोस् । 

Answer👉 नेपालमा सङ्घीयता कार्यान्वयनमा आएसँगै भएका सकारात्मक परिवर्तन निम्न छन् :-

  • सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार गठनमा जनताको सक्रिय सहभागिता भई सामूहिक शासन पद्धतिको विकास प्रारम्भ भएको छ ।
  • समावेशिता र सामाजिक न्यायले प्रश्रय पाएको छ साथै जनसहभागितामा वृद्धि भएको छ ।
  • सबै जाति, वर्ग, लिङ्ग, क्षेत्र आदिमा अपनत्वको भावना विकास भएको छ र विविधतामा एकताको अवस्था झनै बलियो बनेको छ ।
  • प्रदेश तथा स्थानीय तहका बिचमा प्रतिस्पर्धा बढ्न थालेको छ, जसले विकासलाई तिव्रता दिएको छ ।
  • सबै कुरामा केन्द्रको मुख ताक्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।

 

 Download the Complete Class 10 social book guide application




३. स्थानीय सरकारको मुख्य कार्यक्षेत्र उल्लेख गर्नुहोस् ।

Answer👉 स्थानीय सरकारको मुख्य कार्यक्षेत्र निम्न छन् :-

  • स्थानीय सेवाको व्यवस्थापन, तथ्याङ्क र अभिलेख सङ्कलन
  • स्थानीय स्तरका विकास आयोजना तथा परियोजना
  • स्थानीय पूर्वाधार निर्माण
  • स्थानीय कर सङ्कलन, खानेपानी तथा साना जल विद्युत् आयोजना
  • आधारभूत र माध्यमिक शिक्षा
  • आधारभूत स्वास्थ्य र सरसफाइ, वातावरण संरक्षण तथा जैविक विविधता

 

 

४. सङ्घीयताको सफल कार्यान्वयनमा ध्यान दिनुपर्ने पक्ष विश्लेषण गर्नुहोस् ।

Answer👉 २०६५ साल जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक मुलुकको घोषणा गरिएको थियो, जुन विभिन्न आन्दोलनहरूको पृष्ठभूमिमा हुँदै गयो। हालको समयमा सङ्घीय संरचना अनुसार सङ्घीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको कार्यक्रम चलिरहेका छन्। सङ्घीयता देशलाई पूर्ण बनाउन सहायक रहेकोले यसको सफल कार्यान्वयनमा सबैको सक्रिय र सकारात्मक योगदान आवश्यक छ।

नेपालमा सङ्घीयताको प्रयोगमा नयाँ चुनौती र विविधताले उत्पन्न गरेको हुँदा यसलाई कम गर्दै जाँदा सङ्घीयतालाई सफल र प्रभावकारी बनाउन सकिन्छ। सबैले सङ्घीयताको मूल उद्देश्यलाई मन्नेर अगाडि बढ्न सक्ने गरी सबै तहका कानूनहरूको निर्माण र प्रभावी रूपमा कार्यान्वयन गर्नुपर्छ। यसको लागि केन्द्रीय सरकारले समन्वयकारी भूमिका निभाउनु आवश्यक छ। त्यस्तै, जनप्रतिनिधिहरूले आफ्नो जनताको सेवा गर्नका लागि ईमानदारीका साथमा काम गर्नुपर्छ। सुशासन र अवसरको न्यायोचित वितरणमा पनि सक्रिय हुनु आवश्यक छ।

यसप्रकार, सङ्घीयताको सफल कार्यान्वयनमा विकास र समृद्धि, आत्मनिर्भरता र स्वावलम्बन, रोजगार र स्वरोगारको अवसर, गुणस्तरीय शिक्षा र स्वास्थ्य, कानुनी शासनको स्थापना जस्ता क्षेत्रहरूमा ध्यान दिएमा सङ्घीयता सफलतापूर्वक कार्यान्वयन गर्न सकिन्छ।

 




Class 10 Social Guide 2080

Lesson 3: Federalism in Nepal


Federalism in Nepal


1. What is federalism?


Answer👉 The process of governing the country by dividing it into various provinces and local levels is called federalism.


2. Point out the positive changes that have taken place with the implementation of federalism in Nepal.

Answer👉 Following are the positive changes with the implementation of federalism in Nepal:-

The development of the collective governance system has started with the active participation of the people in the formation of the federal government, state government and local government.

Inclusion and social justice have gained support and public participation has increased.

A sense of belonging has developed in all castes, classes, genders, regions etc. and the state of unity in diversity has become stronger.

The competition between the provincial and local levels has started to increase, which has accelerated the development.

The situation of having to face the center in everything has come to an end.

 


3. Mention the main functions of local government.

Answer👉 The following are the main areas of local government:-

Management of local services, collection of statistics and records

Local level development projects and projects

Building local infrastructure

Local tax collection, drinking water and small hydropower projects

Basic and Secondary Education

Basic health and sanitation, environment protection and biodiversity

 


4. Analyze the aspects that need attention for the successful implementation of federalism.

Answer👉 On 15th May 2065, Nepal was declared a federal democratic republic country, which happened in the background of various movements. Currently, according to the federal structure, the programs of the federal government, state government and local government are running. Since federalism is instrumental in making the country whole, active and positive contribution of all is necessary for its successful implementation.

Due to new challenges and diversity in the use of federalism in Nepal, federalism can be made successful and effective by reducing it. Legislation at all levels should be formulated and implemented effectively so that everyone can move ahead with the basic purpose of federalism. For this, the central government needs to play a coordinating role. Likewise, public representatives should work with integrity to serve their people. It is also necessary to be active in good governance and equitable distribution of opportunities.

Thus, in the successful implementation of federalism, federalism can be successfully implemented if attention is paid to areas such as development and prosperity, self-reliance and self-reliance, employment and self-employment opportunities, quality education and health, and the establishment of the rule of law.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)