Class 10 Social Guide : पाठ - ८ उपभोक्ता अधिकार Notebook - नेपाली गाइड

Book Soluction Nepal
0

Class 10 Social Guide 
पाठ - ८ 
उपभोक्ता अधिकार Notebook

 
 
१. उपभोक्ता अधिकार भनेको के हो ?
 
Answer👉 उपभोक्ताको अधिकार भनेको जनजीविकाको अधिकारलाई भनिन्छ । उपभोक्ता अधिकार अधिकारहरूको पनि मूल अधिकार हो । प्रत्येक वस्तु र सेवा किन्दा उपभोक्ताले कस्तो खाले अधिकार पाउँछन् भनी परिभाषित गरेको विषयलाई उपभोक्ता अधिकार भनिन्छ । उपभोक्ताको छनोटको अधिकार, उपभोक्ताको सुनुवाइको अधिकार, उपभोक्ताको सूचानसँग सम्बन्धित अधिकार, स्वच्छ सुनुवाइको अधिकार, क्षतिपूर्तिको अधिकार, शिक्षाको अधिकार, स्वच्छ वातावरणको अधिकार र आधारभूत वस्तु तथा सेवामा पहुँचको अधिकारलाई दुनियाभर उपभोक्ता अधिकारको रूपमा परिभाषित गरिएको अवस्था छ । यी अधिकारहरू तल्लो तहका जनताका लागि राखिएको अधिकार हो ।
 
 
२. उपभोक्ता अधिकार सम्बन्धमा नेपालको संविधानमा भएको व्यवस्था उल्लेख गर्नुहोस् ।
 
Answer👉 उपभोक्ता अधिकार सम्बन्धमा नेपालको संविधान २०७२ मा धारा ४४ अन्तर्गत मौलिक हकका रूपमा उपभोक्ताको हकको व्यवस्था गरिएको छ । यस हकमा निम्न कुरा उल्लेख गरिएको छ :-
  • प्रत्येक उपभोक्तालाई गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने हक हुने छ ।
  • गुणस्तरहीन वस्तु तथा सेवाबाट क्षति पुगेको व्यक्तिलाई कानुनबमोजिक क्षतिपूर्ति पाउने हक हुने छ ।

  Download Complete Class 10 Social Guide 2080 





 
३. उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्ता अधिकारसम्बन्धी गरेको व्यवस्था व्याख्या गर्नुहोस् ।
 
Answer👉 नेपालको संविधानको धारा ४४ मा मौलिक हकअन्तर्गत उपभोक्ताको हकको व्यवस्था गरिएको छ । यसमा भएको व्यवस्थालाई कार्यान्वयन गर्नका लागि उपभोक्ता संरक्षण ऐन, २०७५ निर्माण गरी कार्यान्वयनमा ल्याइएको हो । यसमा भएको प्रावधानलाई कार्यान्वयन गर्न सकेमा उपभोक्ताको अधिकारको संरक्षण गर्न सकिन्छ ।
 
उपभोक्ता संरक्षण ऐन, २०७५ ले उपभोक्तालाई वस्तु तथा सेवामा सहज पहुँचको अधिकार प्रत्याभूति गरेको छ। त्यस्तै प्रतिस्पर्धात्मक मूल्यमा वस्तु वा सेवा छनोट गर्न पाउने अधिकार प्रदान गरेको छ । वस्तु वा सेवा बारे सुसूचित हुन पाउने अधिकारसमेत यस ऐनले प्रदान गरेको छ । ऐनमा उपभोक्तालाई मिश्रित वस्तुमा रहेको तत्त्व वा प्रतिशतबारे जानकारी पाउने अधिकारका साथै उपभोक्ताको जिउज्यान, स्वास्थ्य तजथा सम्पत्तिमा हानि नोक्सानी पुऱ्याउने वस्तु वा सेवाको बिक्री वितरणबाट सुरक्षित हुन पाउने र क्षतिपूर्तिको अधिकारको व्यवस्थासमेत गरिएको छ । अनुचित व्यापारिक तथा व्यवसायजन्य क्रियाकलापविरुद्ध उचित कानुनी कारबाही गराउन पाउनेलगायतको अधिकारको व्यवस्था पनि यस ऐनमा गरिएको छ।
 
यसप्रकार संवैधानिक रूपमा रहेको उपभोक्ताको हकलाई व्यावहारिक रूपमा कार्यान्वयन गरी उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्न ल्याइएको उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएका व्यवस्थालाई कार्यान्वयन गर्न सबैको जिम्मेवारी रहन्छ ।
 
 

४. उपभोक्ता अधिकार संरक्षण र संवर्धनमा स्थानीय सरकारको भूमिका कस्तो हुनुपर्ला ?
 
Answer👉 स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय सरकारले उपभोक्ता अधिकारसम्बन्धी कानुनको कार्यान्वयन र नियमन गर्ने व्यवस्था गरेको छ । तसर्थ स्थानीय सरकारले उपभोक्ता संरक्षण ऐन, २०७५ मा भएका प्रावधानलाई लागु गर्न महत्त्वपूर्ण भूमिका रहेको हुन्छ । उपभोक्ता संरक्षण ऐनलाई कार्यान्वयन गर्ने गराउने र सोको अनुगमन गरी आवश्यक कारबाही गर्ने कार्यमा स्थानीय सरकारको भूमिका रहन्छ । उपभोक्तालाई सचेत बनाउने, बजारको अनुगमन गर्ने लगायतका कार्य नियमित रूपमा सञ्चालन गरी स्थानीय सरकारले उपभोक्तासम्बन्धी कानुनको कार्यान्वयन गराउने कार्य गर्नुपर्दछ ।
 
 
५. न्यून गुणस्तरीय सामग्री उत्पादन तथा बिक्रीवितरण रोक्न एक सचेत उपभोक्ताले खेल्न सक्ने भूमिका उल्लेख गर्नुहोस् । 
 
Answer👉 न्यून गुणस्तरीय सामग्री उत्पादन तथा बिक्रीवितरण रोक्न एक सचेत उपभोक्ताको निकै उपयोगी भूमिका रहेको हुन्छ । वस्तु तथा सेवा खरिद गर्दा उपभोक्ताले जहिले पनि नाम, उत्पादन मिति, म्याद समाप्त हुने मिति, वस्तुको मिश्रणको अवस्था, मूल्य र तौल जस्ता कुरा हेरेर र बुझेर गुणस्तरीय भए मात्र खरिद गर्ने बानी बसाल्नुपर्छ । यदि गुणस्तरीय नभएमा सम्बन्धित निकायमा उजुरी गर्ने गर्नुपर्छ । सबै उपभोक्ता मिलेर सचेतना फैल्याउनुपर्छ । तसर्थ न्यून गुणस्तरीय सामग्री उत्पादन तथा बिक्रीवितरण रोक्न एक सचेत उपभोक्ताले निकै महत्त्वपूर्ण भूमिका खेल्न सक्छ ।
 
 

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)