Class 10 Social Guide : पाठ - ५ अन्धविश्वास हटाऔँ Guide : सामाजिक गाइड

Book Soluction Nepal
0

Class 10 Social Guide
पाठ - ५ 
अन्धविश्वास हटाऔँ Guide

 १. अन्धविश्वास भनेको के हो ? उदाहरणसहित लेख्नुहोस् ।

Answer👉 कुनै व्यक्ति वा समुदायले गहन अध्ययन वा जानकारी नै नलिई समाजमा प्रचलित प्रथा, प्रचलनमा विश्वास गर्नुलाई अन्धविश्वास भनिन्छ । यसले गर्दा समाजमा सामाजिक विकृति निम्त्याउनुका साथै नकारात्मक असर पनि परिरहेको हुन्छ । बोक्सीको आरोप लगाउनु, घुम्टो प्रथा आदि यसका उदाहरण हुन् ।

 

२. “अन्धविश्वासले समाजको आधुनिकीकरण विकास, परिवर्तन र समृद्धिको यात्रामा बाधा पुऱ्याउँछ ।” कसरी ? प्रष्ट पार्नुहोस् ।

Answer👉 अन्धविश्वासले महिलाहरूलाई बढी असर पारेको छ । महिला र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन् । तसर्थ अन्धविश्वासले समाजका आधुनिकीकरण, विकास, परिवर्तन र समृद्धिको यात्रामा बाधा पुऱ्याउँछ । अन्धविश्वासकै कारण बोक्सीका नाममा अमानवीय व्यवहार भएका छन् । धामीझाँक्रीको भरमा पर्दा अकालमा ज्यान गुमाउनु परेको छ। दाइजो प्रथाले महिलाहरूलाई जिउँदै जलाउने काम भएको छ । घरेलु हिंसाले पारिवारिक सम्बन्धमा तनाव मात्र होइन सामाजिक कलह सिर्जना भएको पाइन्छ । तसर्थ हामी के भन्न सक्छौं भने अन्धविश्वासले समाजको आधुनिकीकरण, विकास, परिवर्तन र समृद्धिको यात्रामा बाधा पुऱ्याउँछ ।

 

 

३. घुम्टो प्रथालाई किन सामाजिक समस्या भनिएको हो ? चर्चा गर्नुहोस् ।

Answer👉 घुम्टो प्रथा नेपालको पूर्वी र मध्य तराईमा प्रचलनमा रहेको सामाजिक समस्या हो । यस प्रथामा विवाहित महिलाले मान्यजन वा पुरुषहरूका अगाडि जाँदा सधैँ घुम्टोले अनुहार छोप्नुपर्ने प्रचलन रहेको हुन्छ । यतिसम्म कि पहिलो बच्चा नभएसम्म उज्यालोमा शौच गर्न जानसमेत प्रतिबन्धको अवस्था हुन्छ । यस प्रथाका कारण महिलाको व्यक्तित्व विकासमा बाधा परिरहेको हुन्छ । विवाहपछि महिलाहरू अगाडि बढ्नबाट वञ्चित छन् । अवसर र शिक्षाबाट समेत वञ्चित रहेका छन् । यो एउटा लैङ्गिक विभेदको अवस्था पनि हो । तसर्थ घुम्टो प्रथालाई सामाजिक समस्या भनिएको हो ।

 Download Complete Class 10 Social Guide 2080 



 

४.दाइजो प्रथाले समाजमा पुऱ्याएको असर उल्लेख गरी समाधानका उपायहरू सुझाउनुहोस् ।

Answer👉 दाइजो प्रथाले समाजमा पुऱ्याएका असर :-

  1. सामाजिक सन्तुलन र सद्भाव कायम गर्न बाधा पुगेको
  2. आत्महत्या तथा हत्याका घटनामा वृद्धि भएको
  3. महिला तथा घरेलु हिंसामा वृद्धि भएको
  4. पारिवारिक विखण्डन र बेमेलको वातावरण सिर्जना भएको
  5. गरिब परिवारको छोरीको विवाहमा कठिनाइ उत्पन्न भएको ।

 

समाधानका उपायहरू :-

  1. शिक्षा र चेतना जागरण गर्ने
  2. व्यक्ति, परिवार र समाजको सोचमा सकारात्मक परिवर्तन ल्याउने
  3. सङ्गठित सोच र कार्यक्रम सञ्चालन गर्ने
  4. कडा कानुनी प्रबन्ध र कारबाहीको व्यवस्था गर्ने
  5. महिलालाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने ।

 

 

५. “छाउपडी अन्धविश्वासको परिणाम हो ।" यस भनाइलाई उदाहरणसहित प्रष्ट पार्नुहोस् ।

Answer👉 महिलाहरूमा हुने रजस्वला प्रक्रियाले जन्मने सन्तानहरूको प्रक्रिया एक प्राकृतिक र स्वाभाविक प्रक्रिया हो। सबै मानिसहरूको जन्म यसै प्रक्रियाको कारण सम्भव भएको हो। यसलाई गलत व्याख्या गरी महिलालाई दास बनाउने नियतले शुरुवात भएको छाउपडी प्रथा हो। पछिल्ला दिनहरूमा अन्धविश्वासले यसले निरन्तरता पाउँदै आएको छ। जहाँ अन्धविश्वास छैन, त्यहाँ यो समस्या नभएको छ वा न्यून छ। गाउँमा शहरको तुलनामा यो प्रथा ठूलो प्रचलनमा छ। त्यसकारण छाउपडीले अन्धविश्वासको परिणाम हो।

 

Class 10 Social Guide

Lesson - 5

Remove superstition Guide

  1. What is superstition? Write with examples.

Answer👉 Believing in the customs and practices prevalent in the society by a person or community without taking in-depth study or information is called superstition. This is causing social distortions in the society as well as having a negative impact. Accusing witches, veiling etc. are examples of this.


2. "Superstition hinders the journey of modernization, development, change and prosperity of the society." how make it clear

Answer👉 Superstition has affected women more. Women and men are two wheels of the same chariot. Therefore, superstition hinders the journey of modernization, development, change and prosperity of the society. Because of superstition, inhumane treatment has been done in the name of witches. Due to Dhamijhankri, people have lost their lives prematurely. The practice of dowry has involved burning women alive. Domestic violence not only creates stress in family relationships but also creates social discord. So what we can say is that superstition hinders the journey of modernization, development, change and prosperity of the society.



3. Why is the veil system called a social problem? Discuss.

Answer👉 Ghutto custom is a prevalent social problem in the eastern and central Terai of Nepal. In this custom, there is a custom for married women to always cover their faces with a veil when going in front of dignitaries or men. So much so that even going to defecate in the light is prohibited until the first child is born. Due to this custom, the personality development of women is hindered. After marriage, women are deprived of advancement. They are also deprived of opportunities and education. This is also a situation of gender discrimination. Therefore, veiling is called a social problem.


4. Mention the impact of dowry system on the society and suggest solutions.

Answer👉 Effects of dowry system on the society:-

Social balance and harmony have been hindered

There has been an increase in suicides and murders

Increase in women and domestic violence

Creating an atmosphere of family disintegration and discord

Difficulties arise in the marriage of the daughter of a poor family.

Solutions:-

Education and awareness raising

Bringing positive change in the thinking of individuals, families and society

Organized thinking and program management

Establish strict legal arrangements and procedures

Making women economically independent.


5. “Chaupadi is the result of superstition.” Illustrate this statement with an example.

Answer👉 The process of children born through the menstrual process in women is a natural and natural process. All human beings are born due to this process. It is misinterpreted and started with the intention of enslaving women. Superstition has continued to do so in recent days. Where there is no superstition, this problem is non-existent or minimal. This practice is more prevalent in villages than in cities. Therefore, chaupadi is the result of superstition.

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)