Class 10 Social Guide 2080 : पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका Note

Book Soluction Nepal
0

  Class 10 Social Guide 

पाठ ५ 

निर्वाचन प्रक्रिया र नागरिकको भूमिका Note


१. नेपालमा मतदाता नामावली सम्बन्धमा कस्तो व्यवस्था रहेको छ ?

Answer👉 निर्वाचन प्रयोजनका लागि मतदाता नामावली अद्यावधिक गर्ने कार्य निर्वाचन आयोगले गर्दछ । हरेक जिल्लामा निर्वाचन कार्यालयको व्यवस्था गरिएको हुन्छ । निर्वाचन कार्यालयले १८ वर्ष उमेर पूरा गरेका नेपाली नागरिकले मतदान गर्न मतदाता नामावलीमा प्रक्रियाबमोजिम नाम समावेश गर्ने काम गर्छ । मतदाता नामावलीमा नाम भएको मतदातालाई फोटोसहितको परिचय पत्र प्रदान गरिन्छ । त्यस्तै निर्वाचन आयोगले मतदाता नामावलीमा विवाह गरेर गएका, बसाइँ सरेर गएकाको नाम मतदाता नामावलीबाट हटाउने र विवाह गरेर आएका, बसाइँ सरेर आएकाको नाम मतदाता नामावलीमा थप्ने व्यवस्था पनि रहेको छ ।

 

 

२. फोटोसहितको मतदाता परिचयपत्रको महत्त्व उल्लेख गर्नुहोस् ।

Answer👉 फोटोसहितको मतदाता परिचयपत्रको महत्त्व :-

  • मतदान निष्पक्ष गर्न गराउन मदत पुग्छ ।
  • वास्तविक व्यक्तिले नै मतदान गर्न पाउँछन् ।
  • मतदान स्थलमा व्यक्ति प्रमाणीकरण प्रक्रिया छिटो हुन्छ ।
  • अर्काको नाममा मतदान गर्ने प्रवृत्तिमा कमी आउँछ ।
  • मतदान स्थलमा हुने विवादमा कमी आउँछ ।

 

 Download Complete Class 10 Social Guide 2080 



 

३. निर्वाचन प्रक्रियामा नागरिकले खेल्न सक्ने भूमिका उल्लेख गर्नुहोस् ।

Answer👉 निर्वाचन प्रक्रियामा नागरिकले खेल्न सक्ने भूमिका निम्न छन् :- 

  • मतदाता नामावलीमा नाम समावेश गर्ने, सच्याउने र हटाउने 
  • मतदान स्थलमा भैझगडा र हुलदङ्गा हुन नदिने 
  • वृद्ध, अपाङ्ग, सुत्केरी, गर्भवतीलाई पहिलो प्राथमिकता दिने 
  • आर्थिक प्रलोभन, डर, धम्कीमा नपरी जिम्मेवार मतदाता बन्ने
  • मतको सदुपयोग गर्ने र पालो पर्खेर मतदान गर्ने 
  • सबै दलको घोषणापत्र अध्ययन गरी सबल दुर्बल पक्षमा बहस गर्ने 
  •  मतदान प्रक्रियाबारे घर र छिमेकमा सचेतना फैल्याउने 
  • फर्जी मतदान कार्यलाई निरुत्साहित गर्ने

 

 

४. निर्वाचन प्रक्रियामा मतदान अधिकृतका प्रमुख कामको सूची तयार गर्नुहोस् ।

Answer👉 निर्वाचन प्रक्रियामा मतदान अधिकृतका प्रमुख काम निम्न छन् :-

  • मतदानको दिन मतदान केन्द्रको व्यवस्था गर्ने
  • मतदान प्रक्रियासँग सम्बन्धित उजुरी र गुनासाहरू सुनी सोको कारबाही गर्ने
  • मतपेटिका सम्बन्धित ठाउँमा बुझाउने
  • आवश्यक परे स्थानीय तहको निर्वाचनको मत गणना कार्यसमेत सम्पन्न गर्ने
  • सुरक्षा व्यवस्था मिलाउने
  • नियमानुसार मतदानको सुरु र अन्त्य गर्ने
  • मतदान रोक्नुपर्ने अवस्था भएमा स्थगित गर्ने

 

 

५. नेपालमा सबैजसो निर्वाचनमा मतपत्र बदर हुनका कारण पत्ता लगाई समाधानका उपायसमेत सुझाउनुहोस्।

Answer👉 नेपालमा सबैजसो निर्वाचनमा मतपत्र बदर हुनका कारण :-

  •  सबै मतदातालाई निर्वाचन प्रक्रियामा बारेमा जानकारी नहुनु
  •  निर्वाचन आयोगले सञ्चालन गर्ने मतदाता शिक्षा प्रभावकारी नहुनु
  • स्वस्तिक छाप लगाउने तरिका नजान्नु
  • राजनीतिक दलहरू मतदाता शिक्षाप्रति सचेत नबन्नु
  • अझै पनि सबै जना साक्षर नहुनु

 

समाधानका उपायहरू :-

  • सबै मतदातालाई निर्वाचन प्रक्रियाको बारेमा जानकारी गराउने
  • टेलिभिजन,एफएम, रेडियो,  जस्ता सञ्चार माध्यमबाट निर्वाचन प्रक्रियाका बारेमा व्यापक प्रचारप्रसार गर्ने
  • मतदाता शिक्षालाई प्रभावकारी रूपमा सञ्चालन गर्ने
  • राजनीतिक दलहरू पनि जिम्मेवार बनेर यससम्बन्धी कार्यक्रम सञ्चालन गर्ने
  • सबैलाई साक्षर बनाउने


Class 10 Social Guide

Lesson 5

Electoral process and role of citizens Note



1. What is the system in Nepal regarding voter registration?

Answer👉 The Election Commission does the work of updating the voter list for election purposes. An election office is arranged in every district. The election office works to include the names of Nepali citizens who have completed 18 years of age in the voter's list according to the procedure to vote. An identity card with a photograph is provided to voters whose name is in the voters' list. Similarly, the Election Commission has a provision to remove the names of those who have married and migrated from the voter list and to add the names of those who have married and migrated to the voter list.

 

 

2. Mention the importance of voter ID card with photo.

Answer👉 Importance of voter ID card with photo :-

It helps to make the voting fair.
Only real people can vote.
The process of personal verification at the polling station is fast.
The tendency to vote in someone else's name decreases.
There will be a reduction in disputes at polling stations.
 

 

3. Mention the role that citizens can play in the election process.

Answer👉 Following are the roles that citizens can play in the election process:-

Inclusion, correction and deletion of names in the electoral roll
Do not allow quarrels and riots in the polling place
Giving first priority to the elderly, disabled, pregnant women
To become a responsible voter without financial temptation, fear, or threats
Use the vote and wait for the turn to vote
Study the manifestos of all the parties and discuss the strong and weak sides
  Spread awareness about the voting process at home and in the neighborhood
Discouraging fraudulent voting activities
 

 

4. Prepare a list of the main duties of the polling officer in the election process.

Answer👉 Major duties of polling officer in the election process are as follows:-

To arrange the polling station on the day of polling
Hearing the complaints and grievances related to the voting process and taking action accordingly
Submitting the ballot box to the respective place
If necessary, the counting of votes for the local level elections will also be completed
Arrange security arrangements
Start and end voting according to rules
Postponing voting if there is a need to stop it
 

 

5. Find out the reasons for invalidation of ballot papers in all elections in Nepal and suggest solutions.

Answer👉 Reasons for invalidation of ballot papers in all elections in Nepal:-

  Not all voters are informed about the election process
  Voter education conducted by the Election Commission is not effective
Not knowing how to make a swastika seal
Political parties not being aware of voter education
Still not all are literate
 

Solutions:-

Informing all voters about the election process
Widespread publicity about the election process through media such as television, FM, radio, etc
Conduct voter education effectively
Political parties should also be responsible and conduct programs related to this
Make everyone literate

Click any unit and read guide from below

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)