Class 10 SEE Social Guide 2080 - पाठ १ सामाजिकीकरण - Socialization

Book Soluction Nepal
0

Class 10 SEE Social Guide

पाठ १

सामाजिकीकरण - Socialization


१. सामाजिकीकरण (Socialization) भनेको के हो ?

Answer👉 समाजका हरेक सदस्यहरूले समाजका मूल्य मान्यता ग्रहण गर्नें, मेलमिलाप, सहकार्य, सहयोगको आदानप्रदान गर्ने तथा आपसी सम्मानका व्यवहार सिवने एवम्‌ अभ्यास गरनें प्रक्रियालाई सामाजिकीकरण भनिन्छ।


२. सामाजिकीकरणको महत्त्व उल्लेख गर्नुहोस् ।

Answer👉 सामाजिकीकरणको महत्त्व निम्न रहेको छ :-

  • सामाजिक सिपको विकास गरी व्यावहारिक ज्ञान प्राप्त गर्न 
  • अनुशासित, असल र गुणी हुन आधार प्रदान गर्न 
  • व्यक्तिको व्यक्तित्व विकास गर्न 
  • सकारात्मक सोच र चिन्तनको व्यवहार सिकाउन 
  • सामाजिक मूल्य मान्यता, रीतिरिवाज र परम्पराको संरक्षण र संवर्धन गरी हस्तारन्तर गर्न 
  • प्रेम, सहयोग, सहकार्य, सहानुभूति, समानुभूति लगायतका मानवीय गुण र व्यवहार गर्न 
  • समाजमा शान्ति, सद्भाव र सहअस्तित्व कायम गर्न।

 

Download Complete Class 10 Social Guide 2080 




 

३. प्रेम र स्नेहले सामाजिकीकरणमा कसरी सहयोग गर्छ, प्रष्ट पार्नुहोस् ।

Answer👉 सामाजिकीकरणका लागि मानिस मानिसका बिचमा विश्वास र अपनत्व आवश्यक पर्दछ । प्रेम र स्नेहले मानिस मानिसका बिचमा आत्मीयता प्रदान गर्दछ । यस्तो आत्मीयताले सद्भाव र सहकार्यका लागि आधारको काम गर्दछ । सद्भाव र सहकार्यले मानिसप्रति विश्वास बढाउँछ, अपनत्वको भावना विकास हुन्छ । मानिसलाई सामाजिक प्राणी बनाउन विश्वास र अपनत्व प्रदान गर्ने कार्य प्रेम र स्नेहले गर्दछ । यसरी प्रेम र स्नेहले सामाजिकीकरणमा सहयोग गर्छ ।

 

४. सामाजिकीकरणका माध्यम वा निकाय के के हुन्, तीमध्ये तपाईँका विचारमा सबैभन्दा महत्त्वपूर्ण निकाय वा माध्यम कुन हो र किन ?

Answer👉 सामाजिकीकरणका माध्यम वा निकाय निम्न छन् :-

  1. घर परिवार 
  2. विद्यालय 
  3. दाँतरी समूह 
  4. सांस्कृतिक गतिविधि 
  5.  छिमेकी 
  6. स्थानीय सङ्घसंस्थाहरू 
  7. सहकारी 
  8. सञ्चारका साधन
  9. हाटबजार ।


मलाई यी निकायहरुमध्ये महत्त्वपूर्ण निकाय घर परिवार लाग्दछ । व्यक्तिको पहिलो विद्यालय घर र पहिलो गुरु बाबुआमा हुन्‌ । व्यक्तिले परिवारबाट भाषा, मुल्य, संस्कार, सम्मान, नाता सम्बन्धलगायतका गुण सिक्छ र अभ्यास गर्दछ ।.

 

५. मानिस जैविक प्राणीबाट कसरी सामाजिक प्राणीमा रूपान्तरण हुन्छ ? उदाहरणसहित प्रष्ट पार्नुहोस् ।

Answer👉 जैविक प्राणी भन्नाले जीवित वस्तु लाई बुजिन्छ जसमा उच्च क्षमता हुदैन । सामाजिक प्राणी भन्नाले समुहमा बस्ने ज्ञान, सिप र एकतामा प्रबल भएको समुहको प्राणीलाइ बुझिन्छ ।  मानिले घर परिवारमा रहेर भाषा, प्रेम, मूल्य, मान्यता, सम्मान, नातासम्बन्ध जस्ता विभिन्न सामाजिक गुण सिक्ने र अभ्यास गर्ने कामको प्रारम्भ गर्दछ । त्यसपछि ऊ छिमेकीसँग विस्तारै घुलमिल हुन थाल्छ । विद्यालय प्रवेशसँगै उसको सामाजिकीकरणले औपचारिकता प्राप्त गर्दछ । साथीभाइसँग खेल्ने, मिल्ने, सहयोग आदानप्रदान गर्ने जस्ता कार्यमा ऊ सहभागी बन्छ । घरपरिवार, छिमेक, समाज, विद्यालयले सञ्चालन गर्ने सांस्कृतिक गतिविधिमा सहभागी हुन्छ । हाटबजार जाँदा, मेलापात जाँदा उसले कोसँग कसरी बोल्ने, कस्तो व्यवहार गर्ने लगायतका कुरा सिक्दछ र ऊ समाजमा सजिलै अन्तरघुलन हुन पुग्छ । यसरी मानिस जैविक प्राणीबाट सामाजिक प्राणीमा रूपान्तरण हुन्छ ।

 

 

६. तपाइँले आफ्नो घर छिमेकमा कस्ता सामाजिकीकरणका अभ्यास गर्नुभएको छ ? ती अभ्यासले सामाजिकपनको विकास गर्न कसरी मदत पुर्याएका छन्, लेख्नुहोस् ।

Answer👉 मैले आफ्नो घरमा एक अर्कालाई सम्मान गर्ने गरेको छु । सानालाई माया र ठुलालाई सम्मान गर्ने हाम्रो सामाजिक प्रचलन नै हो । यो कुरा मैले घरबाट अभ्यास गरेको हुँ । अहिले म मेरो समाजमा रहेका सबै साना व्यक्तिलाई माया गर्छु र ठुलालाई सम्मान गर्छु । यसले ममा सामाजिकपनको विकास गराएको छ । त्यस्तै मैले घर परिवार र छिमेकीबाट प्रेम र स्नेह सिकेको छु । यसले विश्वास र अपनत्व प्रदान गरेको छ । मर्दापर्दा एक अर्कालाई सहयोग गर्न, आपसी मतमतान्तर, विवादहरू अन्तरक्रिया र छलफलका माध्यमबाट समाधान गर्न पनि मैले घर र छिमेकबाट अभ्यास गरेको हुँ । घरले मलाई भाषा सिकाएको छ । छिमेकले भाषामा दक्ष बनाएको छ । यी सबै कुरालाई म विस्तारै मेरोबाट हाम्रो भन्न थालेको छु । घर परिवार र छिमेकबाट मैले गरेका सामाजिकीकरणका अभ्यासले सामाजिकपनको विकास गर्न मदत पुऱ्याएका छन् ।

 

सामुदायिक कार्य 

छिमेकको कुनै एक घरका क्रियाकलाप अवलोकन गर्नुहोस् र तपाईँको परिवारमा भएका सामाजिकीकरणका अभ्याससँग तुलना गरी प्राप्त विवरण कक्षामा प्रस्तुत गर्नुहोस् । छिमेकीको एक घरका क्रियाकलाप अवलोकन गर्दा प्राप्त भएका सामाजिकीकरणका अभ्यास निम्न पाइयो :- 

  • प्रेम, स्नेह र नाता सम्बन्धको बोध गराएको 
  • बालबालिकालाई विद्यालय भर्ना गराई नियमित विद्यालय पठाएको
  • आफ्ना बालबालिकालाई भाषाको सिप सानैदेखि सिकाएको 
  • सरसमान किन्न नजिकैको पसलमा पठाउने गरेको
  • साथीसँग खेल्ने अवसर प्रदान गरेको 


मेरो परिवारमा भएका सामाजिकीकरणका अभ्यास निम्न रहेको छ :-

  • भाषाको सिप, प्रेम, स्नेह, नाता सम्बन्धको बोध र अभ्यास गराएको, नियमित रूपमा आफन्त भेटघाट गर्दा बालबालिकालाई पनि सहभागी गराएको
  • मेला, हाटबजार नियमित लैजाने र सामान किन्न लगाउने अभ्यास गरेको 
  • सामाजिक कार्य, एक अर्कामा सहयोग गर्दा बालबालिकालाई साथमा लैजाने गरेको 
  • गुणस्तरीय शिक्षा प्रदान गर्ने विद्यालयमा बालबालिकालाई भर्ना गराएको र विद्यालयले आयोजना गर्ने अतिरिक्त क्रियाकलापमा अनिवार्य सहभागी बनाएको 
  • साथीभाइसँग खेल्ने, अन्तरक्रिया गर्ने, दुःख पर्दा सहयोग गर्ने तरिकामा सहभागी गराउने गरेको ।


In English

Lesson 1

Socialization


1. What is socialization?

Answer👉 Socialization is the process by which every member of the society accepts the values of the society, reconciles, cooperates, exchanges support and cultivates and practices the behavior of mutual respect.


2. Mention the importance of socialization.

Answer👉 The importance of socialization is as follows:-

To acquire practical knowledge by developing social skills

To provide the foundation to be disciplined, good and virtuous

To develop one's personality

To teach positive thinking and reflective behavior

To protect and promote social values, customs and traditions and transfer them

To develop human qualities and behaviors such as love, cooperation, cooperation, sympathy, empathy etc

To maintain peace, harmony and co-existence in society.

 


3. Explain how love and affection help in socialization.

Answer👉 Socialization requires trust and belonging between people. Love and affection provide intimacy between people. Such affinity serves as a basis for harmony and cooperation. Harmony and cooperation increases trust towards people, develops a sense of belonging. Love and affection do the job of providing trust and belonging to make people a social animal. Thus love and affection help in socialization.


 

4. What are the means or bodies of socialization, among them which is the most important body or means in your opinion and why?

Answer👉 The means or bodies of socialization are as follows:-

home family

the school

Dental group

Cultural activities

  neighbor

Local organizations

cooperative

Means of communication

Haat Bazar



I think the most important of these institutions is the family. A person's first school home and first teacher are parents. A person learns and practices the qualities of language, values, culture, respect, kinship, etc. from the family.


 


5. How does man transform from a biological animal into a social animal? Explain with examples.

Answer👉 Biological beings mean living things which do not have high capacity. A social animal means a group animal that is strong in knowledge, skills and unity living in a group. Mani starts the work of learning and practicing various social qualities like language, love, value, recognition, respect, kinship while staying at home. Then he starts mixing with the neighbors. With school entry, his socialization becomes formal. He participates in activities such as playing with his friends, getting along, exchanging help. Participates in cultural activities conducted by family, neighborhood, society, school. When he goes to the bazaar, goes to the fair, he learns how to talk to whom, how to behave, etc. and he becomes easily integrated into the society. In this way, man is transformed from a biological animal into a social animal.


 


 


6. What socializing practices have you practiced in your home neighborhood? Write how those practices have helped in the development of sociability.

Answer👉 I have respected each other in my house. It is our social practice to love the younger and respect the older. I practiced this at home. Now I love all the little people in my society and respect the big ones. It has developed sociability in me. Similarly, I have learned love and affection from my family and neighbors. It has provided trust and belonging. I also practiced at home and in the neighborhood to help each other when dying, to resolve mutual differences, disputes through interaction and discussion. Home has taught me the language. The neighborhood has made him proficient in the language. I have gradually started to say all these things from mine to ours. The socialization exercises I have done from home, family and neighborhood have helped to develop sociability.


 


Community work

Observe the activities of one household in the neighborhood and compare the findings to the socialization practices in your family and present the findings to the class. Following are the socialization practices obtained by observing the activities of one of the neighboring houses:-


Shows love, affection and kinship

Children were admitted to school and sent to regular school

He taught his children language skills from an early age

Used to send to a nearby store to buy groceries

Providing opportunities to play with friends



Following are the socialization practices in my family:-

Language skills, understanding and practice of love, affection, kinship, and children are also involved in meeting relatives regularly.

Practiced going regularly to fairs, haat bazaar and buying goods

Social work, taking children along while helping each other

Enrolled children in schools that provide quality education and made them mandatory participants in extracurricular activities organized by the school

Playing with friends, interacting, helping in times of distress.

एकाइ - एक हामी र हाम्रो समाज

पाठ १ सामाजिकीकरण

पाठ २ हाम्रा पहिचान

पाठ ३ : विविधतामा एकता

पाठ ४ : हाम्रा राष्ट्रिय गौरव


एकाइ - दुई विकास र विकासका पूर्वाधार

पाठ १ : मानव विकास सूचकाङ्क

पाठ २ : दिगो विकास

पाठ ३ : नेपालमा सङ्घीयता 

पाठ ४ : राष्ट्रिय गौरवका आयोजनाहरू


एकाइ-तीन हाम्रा सामाजिक मूल्य र मान्यता

पाठ १ हाम्रा राष्ट्रिय सम्पदा

पाठ - २ हाम्रा लोकगीत

पाठ - ३ नेपाली लोकबाजा

पाठ ४ हाम्रा लोक तथा शास्त्रीय नृत्य

पाठ - ५ हाम्रा राष्ट्रिय दिवसहरू

पाठ ६ अन्तर्राष्ट्रिय व्यक्तित्व

पाठ - ७ विश्वबन्धुत्व र मानवता

पाठ - ८ हाम्रो सामाजिक दायित्व


एकाइ-चार सामाजिक समस्या र समाधान

पाठ - १ मानव बेचबिखन : एक गम्भीर सामाजिक समस्या

पाठ - २ यौन विकृति र विसङ्गति

पाठ ३ घरेलु हिंसा

पाठ - ४ सामाजिक विकृतिका रूपमा भ्रष्टाचार

पाठ - ५ अन्धविश्वास हटाऔँ

पाठ - ६ सामाजिक समस्याको पहिचान र समस्या समाधान

पाठ - ७ सामाजिक समस्या समाधानमा अन्तर्राष्ट्रिय


एकाइ-पाँच लागरिक चेतना

पाठ १ व्यवस्थापिका

पाठ - २ सङ्घीय कार्यपालिका

पाठ - ३ न्यायपालिका

पाठ - ४ राजनीतिक दल

पाठ ५ निर्वाचन प्रक्रिया र नागरिकको भूमिका

पाठ - ६ मानव अधिकार

पाठ - ७ मानव अधिकार संरक्षणमा सङ्घसंस्थाको भूमि

पाठ - ८ उपभोक्ता अधिकार


एकाइ - छ हाम्रो पृथ्वी

पाठ - १ हावापानीमा प्रभाव पार्ने तत्त्वहरू

पाठ - २ विश्वका हावापानीका प्रकारहरू

पाठ - ३ मण्डल

पाठ - ४ समशीतोष्ण मण्डल

पाठ - ५ शीत प्रदेश

पाठ ६ विश्वको हावापानी : धरातलीय विविधता र प्रभा

पाठ ७ उत्तर अमेरिका महादेश

Post a Comment

0 Comments
* Please Don't Spam Here. All the Comments are Reviewed by Admin.
Post a Comment (0)